१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युवती कुट्ने ‘धर्ती माता’ धराैटीमा रिहा

काठमाडौं– युवतीमाथि निर्घात कुटपीट गरेको अभियोगमा पक्राउ परेकी ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।

जिल्ला अदालत काठमाडौंबाट २० हजार धरौटीमा रिहा भएकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले कुँवर धरौटीमा रिहा भएको बताए। पीडित उपस्थित नभएकाे र पछि मुद्दा अघि बढाउन सक्ने गरी धराैटीमा छाेडिएकाे उनकाे भनाइ छ। 

भद्रकाली मन्दिरमा युवतीलाई निर्घात कुटपीट गर्दै गरेको भिडियो भाइरल भएपछि प्रहरीले कुँवरलाई असार १३ मा बालाजुबाट पक्राउ गरेको थियो।

प्रकाशित: २४ असार २०७६ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App