१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक भोलिसम्म स्थगित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभा बैठक अवरोध गर्दै । तस्बिरः दीपेश/नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजे सम्मका लागि सारिएको छ।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दे कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे रोष्टम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। संघीय संसद सचिवालयले  सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

सूचनामा भनिएको छ ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिउको छ।’

प्रकाशित: २४ असार २०७६ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App