१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जुम्ली स्याउ गाउँमै किलोको सय

जुम्ला– स्थानीयकिसानले भण्डारण गरेर राखेको अर्गानिक स्याउप्रतिकिलो सय रुपैयाँमाबेचेका छन् । उनीहरुले बेमौसममाबेच्दा स्याउको राम्रो मूल्यपाएकाहुन् । यो वर्ष बगैंचामै ७० रुपैयाँकिलोमास्याउबेचेकाकिसानले तिहारमानिकै महँगोमाबेचे ।

सदरमुकामखलंगाको विमानस्थल, बसपार्क, बालमन्दिर, जुगाडखोलानजिकैबाट स्याउबिक्रीभइरहेको छ ।
जिल्ला कृषिविकास कार्यालय जुम्लाले स्याउनिर्यात निकै बढी भइरहेको जानकारी दिइरहेको बेलाजुम्लाको स्याउबजारमा छयाप्छयाप्ती बिक्रीमाराखिएको पाइएको हो । खलंगाकाव्यापारीले होलसेलमा ८० रुपैयाँमाकिनेर सयमा बेचिरहेकाछन् । अहिले यो समयमाजुम्ली स्याउको मागनिकै बढेको छ । दसैंतिहारमा घर बिदामाजाने कर्मचारीदेखि जिल्लाबाहिर कर्मथलो बनाएर घर फर्कने सबैले स्याउलान्छन् । तातोपानीगाविस लिताकोटका दिलिप रावलले स्याउभण्डारण गर्न सके राम्रो कमाइहुने बताए ।

‘सुरक्षित रुपमा भण्डारण गर्दा स्याउकुहिने डर हुँदैन । जेठ–असारसम्म राखेर महँगोमा बेच्न पाइन्छ,’ उनले भने । स्टोर गरेको स्याउकिन्नकिसानको घरमै ग्राहकपुग्ने गरेका छन् । अधिकांशकिसानले स्याउनिर्यात गरेर जिल्लाबाहिर महँगोमाबेच्ने योजनाबनाएका छन् । यो सिजनमाजिल्लाबाहिरको बजारभन्दा सदरमुकामकै स्थानीयबजारमामहँगोमा स्याउबिक्नथालेपछि किसानखुसी देखिन्छन् ।

अहिले तलिउमकी सुर्जालक्ष्मी रावल स्याउबेच्न दैनिक सदरमुकामआउनथालेको एक हप्ताभइसक्यो  । उनले किलोको सय रुपैयाँ र प्रतिदाना १० देखि २० रुपैयाँसम्ममा बेच्ने गरेको बताइन् । स्याउकिसान घरमै ८० रुपैयाँमा किन्छौं भन्ने व्यापारी आउने गरेको बताउँछन् ।‘सुरक्षित रुपमाशीत भण्डारमा स्याउ देख्दाव्यापारी लोभिन्छन्, पैसा हाल्नहाल्नकञ्जुस्याइँगर्दैनन्,’उनले भने ।

यहाँकाअधिकांशकिसानले माटोको खाल्डोमाजौ, गहुको भुसभित्र राखेर स्याउ भण्डारण गर्छन् । केहीले सुरक्षित घरभित्र र केहीले शून्यशीत भण्डारणभित्र राखेर स्याउजोगाउँछन् । व्यवस्थितशीत भण्डार भए बेमौसममाजुम्ली स्याउ देशका ठूला सहर लगेर महँगोमा बेच्नसक्ने किसानअनुभव सुनाउँछन् । अहिले शीत भण्डारमाराखेको जुम्ली स्याउ डोकोमाल्याएर खलंगाकाविभिन्न स्थानमा बेचिरहेको देख्न सकिन्छ ।

यहाँ उत्पादित रोयल, रेड र गोल्डेन जातको स्याउबजारमाबिक्रीभइरहेको छ । स्याउको सिजनमा यो वर्ष जुम्लादेखि मालबाहक गाडी रित्तो जानु परेन । यहाँको स्याउ भण्डारणको लागि ठूला शीतभण्डारको व्यवस्थाभएबेमौसममाफाइदाखाएर बेच्नसकिने स्याउव्यापारीको अनुभव छ । ए, बीर सी ग्रेडको स्याउ एउटै मूल्यमाबिक्रीभइरहेको छ । जिल्ला कृषिविकास कार्यालय जुम्लाले स्याउको गुणस्तरकाआधारमामूल्यतोक्नकिसानलाई अनुरोध गरेपछि आ–आफ्नो अनुकूलतामाकिसानलेबेचेकाहुन् ।

डी ग्रेडभन्दा तलको स्याउबाटजाम,जेली, साइटर, चाना र मार्फा बनाउने गरेको पाइएको छ । आगामीदिनमा स्टोर गरेर बेमौसममा स्याउबिक्रीगर्ने किसानले योजनाबनाएका छन्। यसअघि बगैंचाबाटै व्यापारीलाई सस्तोमा बेचेकाहरु अहिले पछुताएका छन् ।

यो वर्ष जुम्लामा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले उत्पादनमाकमीआएको थियो । असिनापानी र हावाहुरीले चिचिलाझारिदिएपछि उत्पादन घटेको कृषिविकास कार्यालय जुम्लाको भनाइ छ । कार्यालय प्रमुख विष्णुबहादुर महतकाअनुसार यो वर्ष जुम्लावाट १४ करोडको स्याउबिक्रीभएको छ । बेमौसममा सुरक्षित रुपमाशीतभण्डारमाराखेजिल्लाबाहिर लगेर बेच्ननपर्ने उनले बताए ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App