१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अमेरिकाद्वारा उपाधिरक्षा

लियोन – अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।

अमेरिकाले सन् २०१५ मा जापानलाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि जितेको अमेरिकाले त्यसपछि सन् १९९९ संस्करण पनि आफ्नो बनाएको थियो।

अमेरिकालाई चौथो उपाधि दिलाउन मेगान रापिनोई र रोज लाभेलेले समान १÷१ गोल गरेका थिए। खेलको पहिलो हाफ भने गोलरहित सकिएको थियो। तर, खेलको ६१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दैै रापिनोईले अमेरिकालाई अग्रता दिलाएकी थिइन्। त्यसको आठ मिनेटपछि लाभेलेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन्। बाँकी समयमा नेदरल्यान्ड्स खेलमा फर्किन नसकेपछि अमेरिका च्याम्पियन बन्यो।

 

प्रकाशित: २४ असार २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App