१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिको बधाई

राष्ट्रपति विद्या भण्डारी र भारतीय समकक्षीसँग। तस्बिर: रासस

 नारायणप्रसाद न्यौपाने
काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीबाट भएको भ्रमणको निमन्त्रणाप्रति धन्यवाद प्रकट गरिन्।  

सो अवसरमा भारतका राष्ट्रपति मुखर्जीले आफूप्रति नेपाली जनताले दिलैदेखि गरेको न्यानो आतिथ्य र अभिवादनप्रति आभार व्यक्त गरे।  भूकम्पको चपेटामा परेका बेलामा नेपाली जनताको उद्धार, राहत र पुनःनिर्माणमा सहयोग गर्न पाएको समेत स्मरण गरे।  

दुवै देशका राष्ट्रपतिबीच पूर्वाधार निर्माण, जलविद्युत् विकास र सम्पर्क सञ्जाल विस्तारका बारेमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभालाई बधाई ज्ञापन गरेबाट संविधानका बारेमा सुनिँदै आएका टीकाटिप्पणी समेत फिक्का सावित भएका छन्।

संविधानसभाबाट ९५ प्रतिशत सांसदको हस्ताक्षरबाट जारी भएको नेपालको संविधान विश्वका अरु लोकतान्त्रिक मुलुक संविधानको तुलनामा निकै समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको दस्तावेजका रुपमा हेर्ने गरिएको छ ।

नेपालको संविधानका केही अन्तरवस्तुप्रति असहमति जनाउँदै मधेसवादी दलबाट हुँदै आएको आन्दोलनका मागलाई सम्बोधन गर्न अहिले नेपाल सरकार संविधान संशोधनको तयारीमा जुटिरहेको छ ।

विश्वका उत्कृष्ट मानिएका संविधानका सबै मूल्य मान्यतालाई अनुशरण गरेर निर्माण गरिएको नेपालको संविधान २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले जारी भएको घोषणा गरेका थिए।। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App