भेनेजुयला सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

सोमबार, २३ असार २०७६, १५ : ०० नागरिक

काराकास- भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन्। आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो।

भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्वीटरमार्फत लेखेको सन्देशमा सरकार र प्रतिपक्षी दलले नर्वेको मध्यस्थतामा वार्ता गर्न सहमत भएको पुष्टि गरेका छन्। “इतिहासले बोलिभरियन सरकारको स्मरणयोग्य अडानलाई वार्ताको शिलशिलामा पहिचान गर्नेछ,” रोड्रिगेजले सरकार र प्रतिपक्षको वार्ताका लागि भएको सहमतिबारे नर्वेको प्रेस विज्ञप्तिसमेत राखेर ट्वीट गरेका छन्।

सञ्चारमन्त्री रोड्रिगेजले भने “हामीलाई विश्वास छ राष्ट्रपति निकोलस मदुरोको शान्ति स्थापनार्थ प्रयास र राष्ट्रिय सहमतिले सफलता प्राप्त गर्नेछ।” प्रतिपक्षी नेता हुवाँ गुआइदोले पनि एक प्रेस विज्ञप्ति जारी गरी प्रतिपक्षी दलले बार्बाडोसमा हुने वार्तामा सहभागिता जनाउने बताए। “हाम्रो लक्ष्य देशमा व्याप्त राजनीतिक सङ्कटको निर्णायक समाधानमा सफलता पाउनु हो,” गुआइदोले ट्वीटमा उल्लेख गरेका छन्।

उनले थपे “प्रतिपक्षी समूहको लक्ष्य ‘हस्तक्षेपको अन्त्य, सङ्क्रमणकालीन सरकार र अन्तर्राष्ट्रिय पर्यवेक्षणमा स्वच्छ तथा स्वतन्त्र निर्वाचन’ हो र यसैमा आफ्नो अडान राखिने छ। नर्वेले भनेको छ, “भेनेजुयला सङ्कटबारे हामी सम्बन्धित समूहका प्रतिनिधिसँग बार्बाडोसमा यही हप्ता भेट हुँदैछौँ। वार्ताले संवैधानिक समाधानका लागि सहमति निर्माण गर्नेछ।” वार्ता निरन्तर र शीघ्र रहनेछ।”

भेनेजुयलाका प्रतिपक्षी नेता गुआइदोले निर्वाचित राष्ट्रपति मदुरोको सरकारलाई अमान्य घोषणा गर्दै आफुलाई भेनेजुयलाको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि र अमेरिकाले गुआइदोलाई मान्यता दिने निर्णयसँगै चर्किएको दुई पक्षबीचको राजनीतिक गतिरोधले यस बर्षको शुरूदेखिनै निकै गम्भीर मोड लिएको थियो। दुई पक्षबीच वार्ताका लागि पहल गर्न सहमति निर्माणका लागि दुवै समूहतर्फका प्रतिनिधिबीच मे महिनाको मध्यतिर नर्वेको राजधानी ओस्लोमा प्रारम्भिक छलफल शुरूभएको थियो। सिन्ह्वा








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad