१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चित्रमा युगल जोडीको प्रेम

काठमाडौं  – चित्रकार सबिता डंगोलको एकल चित्रकला प्रदर्शनी सुरू भइरहेको छ। उनको पाचौं ‘इम्ब्रासेस’ नामक एकल चित्रकला प्रदर्शनी पाटनस्थित ईमेज आर्क ग्यालरीमा प्रदर्शन भइरहेको छ।

चित्रकार डंगोलले निरन्तरता दिदैं आएको ‘युगल जोडी’ सिरिजले यसपटक समेत प्राथमिकता पाएको छ। ‘यो सिरिज मेरो रूचि र प्राथमिकतामा परेको हुँदा हरेक पटक आफ्नो जीवनको अभिव्यक्तिको रूपमा यसलाई लिएको छु, ’ उनले भनिन्, ‘मैले अनुभव गरिरहेको जीवन र उत्साह लाई चित्रमार्फत प्रस्तुत गरेको छु।’

प्रदर्शनीमा राखिएका चित्रकलाहरूमा बिम्बको रूपमा कपाल कोर्ने काइँयोलाई समावेश गरेकी छिन्। ‘काइँयो’ लाई समस्याको समाधानको प्रतीको रूपमा चित्रकलामा प्रयोग गरेकी छिन्। ‘काइँयोले कपालको लट्टा कोरेर सुल्झाएजस्तै जीवनमा आउने समस्याको समाधान पनि सकारात्मक भई गरेमा सफल भइन्छ, ’ उनले भनिन्।

चित्रकलामार्फत उनले शुभमंगल र सकारात्मक सन्देश दिन चाहेकी छिन्। गत असारको पहिलो साताबाट सुरू भएको प्रदर्शनीमा चित्रकार डंगोलले एक्रेलिक र पेन एन्ड ईंकको प्रयोग गरेर करिव चार दर्जन चित्रहरू कोरेकी छन्। प्रदर्शनी आगामी असार २५  सम्म चल्नेछ।

प्रकाशित: २३ असार २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App