१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलिया हार्दा भारतलाई शीर्ष स्थान

म्यानचेस्टर – इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ। लिगको अन्तिम खेलमा साबिक विजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग १० रनले पराजित भएसँगै सेमिफाइन प्रतिद्वन्द्वीको पनि टुङ्गो लागेको हो।

भारत शीर्ष टोली बन्दा अस्ट्रेलिया दोस्रो भयो। यस्तै आयोजक इङ्ल्यान्ड तेस्रो र रनरेटमा भाग्यमानी न्युजिल्यान्ड चौथो भए। यससँगै शीर्ष टोली भारतले न्युजिल्यान्ड प्रतिद्वन्द्वी पायो भने अस्ट्रेलियाले आयोजक इङ्ल्यान्डको सामना गर्नुपर्ने भयो।

एक खेलमा मात्र पराजित भएको भारतको चाहनाअनुसार नै शनिबार लिग चरणका खेल सम्पन्न भए। अस्ट्रेलियाको पराजय चाहेको भारतले शनिबारै श्रीलंकामाथि जित निकाल्दा अस्ट्रेलिया भने दक्षिण अफ्रिकासँग स्तब्ध बनेको हो।

साबिकको विजेता अस्ट्रेलियालाई हराउँदा कप्तान फाप डु प्लेसिसको इनिङ निकै महत्वपूर्ण रह्यो। उनकै शतकप्रेरित खेलमा दक्षिण अफ्रिकाले निर्धारित ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको ३ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित ५० ओभर सकिन १ बल बाँकी रहँदा सबै विकेट गुमाएर मात्र ३ सय १५ रन जोड्न सक्यो। १० रनले स्तब्ध हुँदा अस्ट्रेलियाको शीर्ष स्थान हासिल गर्दै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने लक्ष्य अधुरो रह्यो।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि तीन ब्याट्सम्यानमध्ये एकले शतक र दुईले अर्धशतक बनाउँदा अस्ट्रेलियाले ३ सय २६ रनको लक्ष्य पाएको थियो। अन्तिम चारमा प्रवेश गरेको टोलीविरुद्ध राम्रो खेलेको दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले ५२ रनको योगदान गर्दा रासि भान डेर डुसेनले ९५ रनको व्यक्तिगत स्कोर गरेका थिए। पाँच रनले शतक बनाउन चुनेका डुसेनले समान ४ चौका र छक्का प्रहार गरेका थिए। यस्तै डी ककले ५१ बलको सामना गर्दा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर एइडेन मार्कराम लायनको बलमा ३४ रनमा स्टम्पिङ हुँदा जेपी डुमिनी १४ रनमा पवेलियन फर्किएका थिए।

दक्षिण अफ्रिकाले ६ विकेट हात पार्दा मिचेल स्टार्क र नाथन लायनले समान २ विकेट लिए भने प्याट कमिन्स र जसन बेहेनडोर्पmको नाममा एक÷एक विकेट रह्यो।
जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन। १ सय १७ बलको सामना गरेका वार्नरले १ सय २२ रनको व्यक्तिगत स्कोर बनाए पनि कप्तान फिन्च ३ रनमै पवेलियन फर्किएपछि अस्ट्रेलियाको इनिङ धरमराएको थियो। त्यसपछिका चार ब्याट्सम्यानले ओपनर वार्नरसँग राम्रो साझेदारी गर्न सकेनन्। पाँचौं नम्बरमा एलेक्स क्यारेले ८५ रनको व्यक्तिगत स्कोर बनाउँदा धरमराएको अस्ट्रेलियाको इनिङ सम्हालिएको थियो। मार्कस स्टोनिस २२ रनमा रनआउट हुँदै पवेलियन फर्किंदा ग्लेन म्याक्सवेल १२, उसमान ख्वाजा १८, मिचेल स्टार्क १८ रनमा कागिसो रबाडाको बलमा बोल्ड भएका थिए। जोसन बेहेनडोर्पm ११ रनमा अविजित रहे।

अस्ट्रेलियालाई रोक्न दक्षिण अफ्रिकाका रबाडाले सर्वाधिक ३ विकेट हात पार्दा ड्वाने प्रिटोरियस र एन्डिले फेलुकवायोले समान २ विकेट लिए। यस्तै क्रिस मोरिस र इमरान ताहिरको नाममा एक÷एक विकेट रह्यो। अस्ट्रेलियाको तालिकामा १४ अंक हुँदा भारत १५ अंक बनाउँदै शीर्ष टोली बनेको हो। इङ्ल्यान्ड १२ अंकका साथ तेस्रो बन्दा न्युजिल्यान्डले ११ अंक बटुल्दै चौथो स्थान प्राप्त ग¥यो।  १० रनले दक्षिण अफ्रिकासँग स्तब्ध हुँदा अस्ट्रेलियाको शीर्ष स्थान हासिल गर्दै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने लक्ष्य अधुरो रह्यो।

 

प्रकाशित: २३ असार २०७६ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App