१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुरक्षा बिगार्नेलाई योजनाबद्ध कारबाहीः गृहमन्त्री थापा

जुनियर प्रहरी अधिकृत शिक्षालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा। तस्बिर: सविता/नागरिक

चितवन – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउने व्यक्ति तथा समूहलाई योजनाबद्ध कारबाही गरिने बताएका छन्। जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षकहरूकालश्रदीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकार आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई योजनाबद्ध कारबाही गर्ने पक्षमा रहेको बताएका हुन्।

‘राज्य पुनः संरचनाको अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी, वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरूले सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउन सक्ने सम्भावना देखिन्छ,’ उनले भने, ‘प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैन।’

गत वर्षको भदौबाट लागू भएको फौजदारी संहिता कार्यान्वयनमा आजको दिनसम्म पनि चुनौती रहेको उनले औंल्याए। कानुनको कार्यान्वयन अपजसपूर्ण काम भएकाले समाजका विभिन्न तप्काबाट व्यक्त हुने टिप्पणीले प्रहरी प्रभावित र विचलित हुन नहुने उनको भनाइ छ। दीक्षित प्रहरीलाई कार्यक्षेत्रमा सफलताको शुभकामना दिँदै उनले प्रशिक्षण समाप्त भएकै दिनदेखि उनीहरूको परीक्षणको दिन सुरु भएकोे बताए। ‘प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी र अनुसन्धानकर्ता हुन्,’ उनले भने, ‘जिम्मेवारी बहनको क्रमममा हुने सानो भुल र लापरवाही प्रहरी संगठन र राष्ट्रको लागि प्रतिउत्पादक हुनसक्छ।’

प्रहरी सेवा नागरिकमैत्री र नागरिकको पहुँचमा हुनुपर्ने भएकाले गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४ कार्यान्वयनमा ल्याएको थापाले बताए। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित सहायक प्रहरी निरीक्षकलाई पेसाप्रति इमान्दर र व्यावसायिक बन्न निर्देशन दिएका थिए।

शिक्षालयबाट दीक्षित भएर आइतबारदेखि तीन सय पाँच युवा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका छन्। शिक्षालयको आधारभूत तालिम २ को १७५ औं समूहबाट उनीहरू सबै प्रहरी सहायक निरीक्षकमा नियुक्त भएका हुन्। दुई सय ५५ दिनको तालिम सकेकामध्ये २१ जना महिला छन्। दीक्षितहरूलाई दज्र्यानी चिन्ह प्रदान तथा तालिममा उत्कृष्ट अंक प्राप्त गर्नेहरूलाई पुरस्कृत गरिएको थियो।

प्रकाशित: २३ असार २०७६ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App