२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

काठमाडौं— ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

चिया पिउँदापिउँदै गरेका ग्राहक बेहोस भएर ढलेपछि होटल सञ्चालकले उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए। उनको त्यहीँ मृत्यु भयो।

‘चिया खाँदाखाँदै लडेपछि होटल सञ्चालकले अस्पताल पु¥याएछन्’, महानगरीय प्रहरी वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘उनको त्यहीँ मृत्यु भयो। प्रहरीले कोठा सर्च गरेर थप अनुसन्धान गरिरहेको छ।’

प्रकाशित: १७ कार्तिक २०७३ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App