१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोर्दा चोर्दै एक युवक पक्राउ

सोलुखुम्बु– सोलुखुम्बुमा एक युवा चोर्दै गर्दा पक्राउ परेका छन्। सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागि घर्रा तान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन्। आइतबार विहान करिब ८ बजेतिर पसलमा कोही नभएको दाउ छोपी युवकले पैसा राख्ने घर्रा तान्दै गर्दा पसल संचालकले देखेका थिए। 

सिसी क्यामराको सहायताले मगरलाई पक्राउ गरिएको हो। दुर्व्यसनीको नशामा रहेका मगरसँग सोधपुछका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले बताए। पक्राउ परेका युवा सामान्य अवस्थामा फर्किएपछि अनुसन्धान शुरु गर्ने निरीक्षक कार्कीको भनाई छ।

विहीबार राति सल्लेरीका लघुवित्त सहित दुई सुनचाँदी र किराना पसलमा चोरीको प्रयास भएको थियो। बसन्त बजारस्थित सामुदायिक लघुवित्त, श्याम सुनचाँदी र न्यू–शुभलक्ष्मी सुन्दचाँदी पसल र जोरबौद्धस्थित एक किराना पसलमा चोरीको प्रयास भएको थियो। 

प्रकाशित: २२ असार २०७६ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App