१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न : 'छौंडाहरु' कसरी सञ्चालित छन्?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको आईतबारको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले नाम उल्लेख नगरीकनै ट्वीट मा उल्लेखित ‘छौँडाहरु’ को, कसरी संचालित छन् भनी प्रश्न गरे। प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमालको ट्वीटबारे सर्वत्र चर्चा भईरहेका बेला सांसद मुसलमानले सरकारलाई नै ‘छौँडाहरु’ का बारेमा प्रश्न गरेका हुन्।

उनले भने “यो मेरो भनाई होइन। कसैको टुइटको भनाई हो। विदेशी वा स्वदेशीले देशमा हाल छौडाहरु छोडिरहेका छन्। त्यही छौडाहरु देशमा चलायमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभुको इसारामा आइफा गर्न लागेको अवस्था देखिन्छ। त्यही छौडाहरु अझै सक्रिय हुँदा विभिन्न देशबाट आयात भईरहेका विषादी युक्त तरकारी र खाद्यान्नहरु विना परीक्षण नेपाल भित्रिईरहेका छन् र नेपाली जनताले विषादी युक्त तरकारी खान बाध्य भएका छन्। यसरी जनताको स्वास्थ्य संग खेलवाड गर्ने, धर्म संस्कृतिमा प्रहार गर्ने , विदेशीको इसारामा राष्ट्रवादको नयाँ बहस सुरु गर्ने ति छौडाहरु कहाँ कसरी चलायमान छन्? र ती छौडा को कसबाट संचालनमा छन्?”

 

प्रकाशित: २२ असार २०७६ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App