तीन तहको सरकारको सहकार्यबाट मात्रै दिगो विकास : अध्यक्ष तिमिल्सिना

आइतबार, २२ असार २०७६, १६ : ४७ नागरिक

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीन वटै तहको सरकारको सहकार्यबाट मात्रै दीगो विकास लक्ष्य हासिल हुने बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले संयुक्त राष्ट्र संघले घोषणा गरेको दीगो विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्ने विश्वास पनि व्यक्त गरे। आईतबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिले तयार पारेको दीगो विकास लक्ष्यसम्बन्धि प्रदेश र स्थानीय तहको अन्तरक्रियात्मक प्रतिवेदन र पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणको प्रतिवेदन बुझ्दै उनले संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको सहकार्यमा जोड दिए।

समितिका अध्यक्ष तारोदेवी भट्टले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुझाउनु भएको प्रतिवेदनमा दीगो विकास लक्ष्य हासिलका लागि समितिले प्रदेश र स्थानीय तहमा गरेको अन्तरक्रियाको अनुभव समावेश गरिएको छ। त्यसैगरी अर्को प्रतिवेदनमा भने पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको पुनर्निर्माणको क्रममा देखिएका समस्या र समाधानका उपायबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष तिमिल्सिनालाई बुझाइएको समितिकी सभापति भट्टले बताइन्। समितिले अध्यक्ष तिमिल्सिनालाई बुझाएको दुवै प्रतिवेदन राष्ट्रियसभामा पेश हुनेछ।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad