१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खाँणको प्रश्न : भारतसँग लम्पसार परेर विषादी परीक्षण नगर्ने?

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ।

आईतबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरे। उनले सरकारले भारतसामु लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप पनि लगाए। प्रमुख सचेतक खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुर्‍याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामू निरिहता प्रकट गरेको पनि बताए। सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँडको भनाई छ।

प्रमुख सचेतक खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा पनि व्यक्त गरे। सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको भनाई छ।

 

 

प्रकाशित: २२ असार २०७६ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App