१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनसेवा प्राविलाई भवन हस्तान्तरण

मकवानपुर – चेपाङ बाहुल्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६ माकलदमारस्थित जनसेवा प्राविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पले विद्यालय भवन भत्काएपछि निर्मित सातकोठे पक्की भवन र शौचालय हस्तान्तरण गरिएको हो। दातृ निकाय लिसा हिमालय इभी जर्मनीको १ करोड ४० लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा भवन र शौचालय निर्माण गरिएको थियो। राक्सिराङ–६ का वडाध्यक्ष सिंगलाल प्रजा र लिसा हिमालयकी अध्यक्ष डानिला म्यारिङले भवनको संयुक्त रूपमा उद्घाटन गरी हस्तान्तरण गरेका थिए।

वडाध्यक्ष प्रजाले विद्यालय भवन अभावमा अन्य विद्यालय जान विद्यार्थीहरु झन्डै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताए। ‘विद्यालय भवन नहुँदा कलिला विद्यार्थी करिब डेढ घन्टा भीर र पहिरोको बाटो हिँड्नुपथ्र्यो,’ उनले भने, ‘राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरी विद्यालय भवन निर्माण गरेकोमा खुसी लागेको छ।’ विद्यालयका प्रधानाध्यापक हीरालाल स्याङ्तानले भवन निर्माण भएपछि अधिकांश चेपाङ बालबालिका रहेको विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने बताए।

कार्यक्रममा लिसा हिमालयका कन्ट्री डाइरेक्टर स्टेफन स्कोली, कार्यक्रम निर्देशक अन्जन पौडेल, दिगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्यूतप्रसाद पौडेल, विद्यालय व्यवस्थापनका अध्यक्ष सन्तबहादुर थिङ, माकलदमार बजुराङ सिदाम टोल विकास संस्थाका अध्यक्ष दीपेश थिङलगायतले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्र्नेमा जोड दिए।

प्रकाशित: २२ असार २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App