१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

'म आफैलाई थाहा छैन कहिले सन्यास लिन्छु'

काठमाडौं– इङग्ल्याण्डमा जारी विश्वकपपछि भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास लिने विषय चर्चा समाजिक सञ्जालमा छ।

भारतीय सञ्चार माध्यमहरुले धोनीले सन्यास लिने सम्भावना धेरै भइरहेको दाबी गरिरहँदा धोनीले भने आफूले सन्यास लिनेबारे स्वयम निश्चित नरहेको बताएका छन्। विश्वकपमा भारतले  सेमीफाइनलसम्मको यात्रा तय गरिसके पनि उनी सुरुवाती खेलबाट नै आलोचित रहँदै आएका थिए।

उनले भने 'म आफैलाई थाहा छैन की म कहिले सन्यास लिन्छु, तर यहाँ केही व्यक्तिहरु मलाई श्रीलंका विरुद्दको खेल भन्दा पहिल्यै सन्यास दिलाउन चाहन्छन्।' यद्यपी, उनको भनाइ निर्णयात्मक भन्दा पनि मिडियालाई व्यङ्ग भएको बताइएको छ।

प्रकाशित: २१ असार २०७६ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App