डाक्टरको डिप्रेसन

शनिबार, २१ असार २०७६, १३ : १९ डा. कपिल देव उपाध्याय

के डाक्टरलाई पनि डिप्रेसन हुन्छ? सोही डिप्रेसनका कारण आत्महत्याजस्तो गम्भीर निर्णय पनि उनीहरुले लिने कार्य हुन्छ कि हुँदैन?

शरीरका अंग सबैका उस्तै हुन्छन्। शरीरको बनावटअनुसार कसैका अंग बलिया हुन्छन् भने कसैको कमजोर। यत्ति मात्र फरक हो। रोग जोसुकै मानिसलाई पनि लाग्न सक्छ। अरुलाई लाग्न सक्ने सबै रोग डाक्टरलाई पनि लाग्न सक्छ। डिप्रेसन डाक्टरहरुलाई पनि हुन्छ। सकभर रोगबाट कसरी बच्ने र कसरी आफ्नो स्वास्थ्य राम्रो राख्ने भन्ने प्रयास कतिपय डाक्टरहरुले गर्छन् भने आफ्नो स्वास्थ्यको खासै ध्यान नराख्ने डाक्टरहरु पनि हुन्छन्।

अमेरिकामा गरिएको अध्ययनअनुसार डाक्टरहरु डिप्रेसन रोगबाट पीडित हुन्छन् तर तीमध्ये धेरैजसोले विशेषज्ञसँग जँचाएर, राय लिएर उपचार गराउँदैनन्। डिप्रेसन भएका एक तिहाई डाक्टरले मात्र प्रोफेसनल हेल्प वा विशेषज्ञको सहयोग लिन्छन् भन्ने पाइएको छ। डिप्रेसन भएका डाक्टरमध्ये २७ प्रतिशतले आफैँ निको पार्ने प्रयास गर्छन्, १४ प्रतिशतले मद्यपान गर्ने र आफूलाई नोक्सान हुने तरिका अपनाउँछन्। जसमध्ये आत्महत्याको प्रयास पनि पर्छ। १० प्रतिशत डाक्टरहरुले भने केही पनि गर्दैनन्। अन्यले आफैँ उपचार गर्ने प्रयास गर्छन् वा आफ्नो पेशा नै छाड्छन् भन्ने देखिएको छ। मनोचिकित्सकसँग राय लिने र उपचार गर्ने तर्फ नलाग्नुको मूल कारण मानसिक रोगको स्टिग्मा नै मानिन्छ।

डाक्टरहरुलाई किन डिप्रेसन हुने रहेछ भनेर कारणहरुको खोजी गर्दा यस्ता कारणहरु पाइएका छन्ः

  •    डाक्टरहरुको मेडिकल ट्रेनिङ निकै कठिन हुने, बिहानदेखि बेलुकासम्म खट्नु पर्ने, बिरामीलाई निको पार्न नसक्दा, बिरामीको मृत्यु हुँदा वा बिरामीका आफन्तले अनेक थरिका आक्षेप लगाउँदा हुने मानसिक तनाव र शारीरिक थकान।
  •     वैवाहिक सम्बन्धमा समस्या
  •     एक्लोपन
  •     श्रीमान् वा श्रीमतीको मृत्यु
  •     आर्थिक कठिनाइ
  •     केटाकेटी अवस्थामा भोगेका विभिन्न यातना
  •     वंशाणुगत कारण वा आमाबाबुमध्ये कुनैलाई डिप्रेसन भएको कारण
  •     रिटायरमेन्ट वा आफ्नो कामबाट अवकाश पाएका कारण

यी दिइएका कारणहरुले डाक्टरलाई मात्र होइन अरुलाई पनि डिप्रेसन गराउँछ। लामो समयसम्म मानसिक तनाव दिने धेरैजसो कारणहरुले डिप्रेसन गराएको हुँदा मानसिक तनाव कसरी घटाउने भन्ने जान्नु पर्छ।

डिप्रेसन कडा खालको मानसिक रोग हो र यो जसलाई पनि हुन सक्छ। राम्रो कुरा के छ भने प्रयास गरे डिप्रेसन लाग्नबाट बच्न सकिन्छ भने रोग लागिहाले उपचार गरेपछि निको हुन्छ। बेलाबेलामा डिप्रेसन बल्झने हुनाले निको भएपछि यो रोग नबल्झियोस् भनेर प्रयास गर्नुपर्छ।

डिप्रेसन मनको कमजोरी होइन। डिप्रेसन रोग भएकाले रोग लागेपछि उपचार गर्नुपर्छ। डिप्रेसनका कारण अफिसमा वा कार्यालय वा आफ्नो व्यवसाय गर्न कठिनाइ हुने हुँदा उत्पादनशीलता घट्दै जान्छ र समस्या थपिदै जान्छन्। उपचार नगराउने हो भने व्यक्ति कुनै कुरामा पनि रमाउन, आनन्द लिन सक्दैन र जीवन पूरै निरस हुन्छ।

डिप्रेसन बढाउने प्रमुख कारण हाम्रोे जीवन शैली, खानपिन, मानसिक तनाव, बदलिदो सामाजिक परिवेश र आफ्नो क्षमताभन्दा बढी महत्त्वकांक्षी हुने कारणहरु मानिन्छन्।

शारीरिक व्यायाम गर्ने, आराम लिने, बेलाबेलामा घुमघाम गर्ने वा छुट्टी बिताउने, दिनको सात घण्टा सुत्ने र मानसिक तनावको व्यवस्थापन गर्ने तरिका सिक्नु पर्छ। त्यस्तै थाइराइडको समस्या, डाइबिटिज वा मधुमेह, उच्च रक्तचाप, हृदयरोग, छारेरोग, बाथ, भिटामिन डि र बि–१२ को कमीले डिप्रेसन गराउने। ती रोग लागेको छ वा वा छैन भनी परीक्षण गरेर हेर्नु पर्छ।

खानेकुरामा विशेष ख्याल राख्नु पर्छ। बदाम, ओखर, सिजनल ताजा फलफूलहरु, हरियो सागपात खास गरेर पालुङ्गोको साग खानु राम्रो हुन्छ। त्यस्तै गरेर ब्रोकाउली, काउली, च्याउ र कुरिलोले राम्रो गर्छ। ओमेगा–३ फ्याटी एसिड जुन माछामा वा आलसमा पाइन्छ, प्रयोग गर्न सकिन्छ। बजारमा ओमेगा–३ फ्याट्टी एसिडका क्याप्सुल किन्न पनि पाइन्छ।

साथै जंक फुडहरु र फास्टफुडहरु सकभर नखाने। चिनी मिलाइएका सबै कोल्ड ड्रिङ्क्सहरु र फ्रुट जुसहरु नपिउने र मद्यपान गर्नु हुँदैन।

सकिन्छ भने सामाजिक कार्यहरु समय समयमा गर्ने, योग तथा ध्यानका विधिहरु सिकेर त्यसमा केन्द्रिकृत हुने। यसो गर्दा निको हुन मद्दत मिल्छ।

यी सबै प्रयास गर्दा धेरै डिप्रेसनमा फाइदा पुगेको हुन्छ तर फाइदा भएन भने विशेषज्ञसँग जँचाउने, केही औषधीहरु खाने र साइको थेरापीले निको पार्न सकिन्छ।

चिकित्सा पेशा र आत्महत्या
चिकित्सा सेवामा काम गर्ने १२ प्रतिशत पुरुष र १९ प्रतिशत महिलामा डिप्रेसन हुने गरेको पाइएको छ। मेडिकल स्टुडेन्टलाई डिप्रेसनका लक्षणहरु देखिन्छन्। अन्य पेशामा काम गर्ने भन्दा डाक्टरहरुमा आत्महत्या बढी छ। पुरुष चिकित्सकभन्दा महिला चिकित्सकमा आत्महत्या बढी छ। आत्महत्याको प्रमुख कारणमा डिप्रेसन, बाइपोलर डिसअर्डर र मद्यपान तथा लागू पदार्थको प्रयोग मानिन्छन्।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad