१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी औषधिको मूल्य घटाइने

अमेरिकी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउनेविषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिए। ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उनले भने ।

आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उनले बताए। उनले भने– हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधि पाइरहेका छन् ।

उनले औषधि कम्पनीहरुले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताए। तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देशहरु क्यानाडा, मेक्सिकोहरुले फाइदा भने लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए।

प्रकाशित: २१ असार २०७६ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App