१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घुस लिएको आरोपमा मुद्दा

काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले दश हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ। कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ।

यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार आकाशदीप सिंहसहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार कागजात नभएको मोटरसाइकल चलाउँदै आएका सुनिल न्यौपानेलाई जरिवाना बापतको दुई सय रुपैयाँको चिट हवल्दार सिंहले काटेको घटनाक्रमबाट खुलेको छ।

न्यौपानेले कागजात नभएको भन्दै २०० रुपैयाँ  चिट काट्दा आफू पत्रकार भएको र भिडियो खिचेको बताउँदै सार्वजनिक रुपमा प्रचारप्रसार गरिदिने धम्की दिएका थिए। भिडियो प्रसारण नगरिदिन भन्दै हवल्दार सिंहले पटक/पटक गरी न्यौपानेलाई एक लाख रूपैयाँ उपलब्ध गराएका थिए।

आयोगले हवल्दार सिंह र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उनीहरु विरुद्ध बिगो असुल र कैद सजायको समेत माग गरेको छ।

प्रकाशित: २० असार २०७६ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App