२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बिमाको पैसा पाउन बाबुद्वारा ४ वर्षीया छोरीको निर्मम हत्या

आफ्नै छोरीको हत्या गर्ने रामकिशोर यादव बिचमा। तस्बिर: मदन/नागरिक

रौतहट - बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन्। रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ। यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्या गरेको स्वीकारी बयान प्रहरी सामु दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

यसरी भयो घटना
असार १७ गते छोरी घरबाट हराएको भन्दै राम किशोरले नै प्रहरीमा खबर गरे। खबरपछि खोजीमा जुटेको प्रहरी र स्थानीयको सहयोगमा त्यसको भोलिपल्ट छोरीको शव गाउँकै पोखरीमा शव फेला पर्यो। पोखरीमा मरेको अवस्थामा बालिकाको शव फेला परेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइयो। शरीरमा निल डाम देखेपछि बालिकाको हत्या भएको हुनसक्ने आशंका गरियो। त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो।

प्रहरी नायक उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा बालिकाकै बाबु तानिए। र अन्ततः आफैले छोरीको हत्या गरेको समेत स्वीकार गरेका छन्। प्रहरीका अनुसार गत जेठ १९ गते छोरीको एक बिमा कम्पनीमा ३० लाखको बिमा गराउन खोजे। तर कम्पनीले ३० खालको बिमा गर्न नमानेपछि उनले सोही कम्पनीमा छोरीको २५ लाखको बिमा गरे।

बिमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले कम्पनीलाई बुझाइसकेका थिए। यो बीचमा उनलाई कसैले सुनाई दियो।बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका डबल(दुई गुणा) रुपैयाँ फिर्ता पाइन्छ। उनलाई छोटो समयमै धेरै पैसा कमाउने लोभ लाग्यो। कसैले भनेको यही कुरा छोरीको हत्याको कारण बन्यो । उनले छोरीलाई घरमै कुटपिट गरे र हत्या गरे। हत्यापछि छोरीको शव पोखरीमा फालेर आफैले छोरी हराएको भन्दै प्रहरीमा खबर गरे।

हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीमाथि मुलुकी अपराध संहीता २०७४ को ज्यान कसुर सम्बन्धि मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनी तत्कालिन माओवादीले गरेको शसस्त्र द्वन्दमा समेत सामिल भएका थिए। द्वन्दकै क्रममा उनी विभिन्न मुद्दामा तीन वर्ष जेल समेत बसेका थिए।

प्रकाशित: २० असार २०७६ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App