१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सकिबको लगातार अलराउन्ड प्रदर्शन

लर्ड्स – सकिब अल हसनको अलराउन्ड प्रदर्शनको बाबजुद पनि बंगलादेशले जारी विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन असफल भयो। तर, सकिबको बलिङ र ब्याटिङ भने शीर्ष स्तरको रह्यो। ब्याटिङमा यादगार प्रदर्शन गरिरहेका सकिबले बलिङमा पनि बंगलादेशी टोलीलाई उतिकै साथ दिइरहेका छन्। अलराउन्डर सकिबले आफ्नो उपस्थितिलाई दरिलो साबित गरिरहँदा जारी विश्वकपमा सर्वाधिक रन बनाउने क्रिकेटर बनिरहेका छन्।

विश्व वरीयताको अलराउन्डर सूचीमा शीर्ष स्थानका सकिबले विश्वकपका ७ इनिङमा ५ सय ४२ रन बनाइसकेका छन्। उनी शीर्ष स्थानका रोहित शर्माभन्दा २ रनले मात्र पछाडि छन्। सकिबले जारी विश्वकपमा ९०.३३ को औसतमा दुई शतक र चार अर्धशतक प्रहार गरेका छन्।  उनले ७ खेलबाट ११ विकेट लिँदै बंगलादेशको बलिङलाई पनि साथ दिइरहेका छन्।

यो प्रदर्शनलाई नियाल्दा उनी पछिल्ला समय उत्कृष्ट फर्ममा छन्। विश्वकपमा सहभागी हरेक देशका बलर उनीविरुद्ध निकै सजक भएर खेल्नेछन्। साथै ब्याट्सम्यानका लागि पनि उनी चुनौतीपूर्ण बलर हुन्। वेस्ट इन्डिजविरुद्ध सकिबकै अलराउन्ड प्रदर्शनमा बंगलादेशले दोस्रो जित निकाल्यो। उक्त खेलमा दुई विकेट लिएका सकिबले १ सय २४ रनको अविजित इनिङसमेत खेले।

दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा उत्कृष्ट सुरुआत गरेको बंगलादेशका लागि सकिबले अलराउन्ड प्रदर्शन गरेका थिए। सकिबले अन्य खेलमा राम्रै प्रदर्शन गरे पनि त्यसपछिका दुई खेलमा बंगलादेशले हार बेहो¥यो। श्रीलंकासँगको चौथो खेल वर्षाका कारण रोकिँदा पाँचौं खेलमा वेस्ट इन्डिजलाई हराउँदै बंगलादेशले जितलाई निरन्तरता दियो।

जुन खेलमा सकिबको प्रदर्शन निकै यादगार बन्यो। सकिबकै प्रदर्शनप्रेरित बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराउँदै विश्वकपमा उत्कृष्ट सुरुआत गरेको थियो। न्युजिल्यान्डविरुद्धको खेलमा पनि सकिबले अलराउन्ड प्रदर्शन गरेका थिए। सो खेलमा उनले ६४ रनको योगदान दिँदा बलिङतर्पm पनि दुई विकेट लिए।
यद्यपि, उक्त खेलमा जितनजिक पुगेर पनि बंगलादेश २ विकेटले पराजित भयो। इङ्ल्यान्डविरुद्ध पनि सकिबले उत्कृष्ट ब्याटिङ गर्दै १ सय २१ रनको यादगार इनिङ बनाएका थिए। उनले एकदिवसीय क्रिकेटको २ सय ५ खेलमा ६ हजार २ सय २९ रन बनाएका छन्। बलिङतर्पm पनि त्यति नै खेल खेलेका साकिबले २ सय ६० विकेट लिएका छन्।

राम्रो लयमा प्रदर्शन गरिरहेका सकिबले पाकिस्तानविरुद्ध पनि सोही किसिमको प्रदर्शन दोहो¥याउन सक्छन्। पाकिस्तानका बलर र ब्याट्सम्यान दुवै उनीसँग सजक भएर खेल्नेछन्। फिल्डिङतर्पm पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: २० असार २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App