१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अफ्रिकामा उत्पादन उद्योगको आवश्यकता छ’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी।

लेगोस – नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकालाई अहिले व्यापार नीतिको मात्र नभई समग्र अफ्रिकी महादेशलाई नै उत्पादन उद्योगको आवश्यकता रहेको बताएका छन्। राजधानी अबुजामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बुहारीले अफ्रिकी महादेशलाई गरिबी र पछौटेपनबाट माथि उकास्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकी महादेशलाई गरिबी र पछौटेपनबाट माथि उकास्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिएका छन्।

अफ्रिकी युनियनको शिखर सम्मेलनकै संघारमा राष्ट्रपति बुहारीले अफ्रिकाको ठूलो अर्थतन्त्र रहेको नाइजेरियाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिएका छन्। अफ्रिकामा निर्मित सामानहरु अफ्रिकी मुलुकहरुमा निर्वाध रुपमा आवतजावत गर्न पाउनुपर्छ भन्ने सिद्धान्तमा निर्देशित रहेको बताउँदै राष्ट्रपति बुहारीले भने, ‘स्थानीय सामग्रीको प्रयोग गरी उत्पादित वस्तु तथा सेवालाई अफ्रिकी मुलुकमा निर्वाध व्यापारका लागि ढोका खोल्नुको अब विकल्प छैन।’

नाइजेरिया सरकारले अफ्रिकी उत्पादनको प्रवद्र्धनमा देखिएका अवरोधहरुलाई हटाउन तत्काल पहल थाल्ने पनि राष्ट्रपति बुहारीले प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘यदि हामीले स्वेच्छाचारी आयातलाई मात्र बढावा दिने हो भने त्यसले हाम्रो व्यापारलाई रसातलमा पु¥याउँछ। यसबाट तटीय मुलुकहरुको व्यापार बढ्ने तर भूपरिवेष्ठित मुलुकहरुले नोक्सानी व्यहोर्नु पर्नेछ र उनीहरु विदेशी सहायतामा निर्भर हुनु पर्नेछ।’ यद्यपि अफ्रिकाकै सर्वाधिक ठूलो अर्थतन्त्र रहेको नाइजेरियाले अफ्रिकी मुलुकहरुमा स्वतन्त्र व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भने गरेको छैन।

अफ्रिकी स्वतन्त्र व्यापार सम्झौताले सदस्य मुलुकमाझको व्यापारमा कर राजश्व हटाउनेछ र त्यसबाट अफ्रिकाका करिब एक अर्ब २० करोड मानिसका लागि ठूलो राहत पुग्नेछ। नयाँ व्यवस्थाबाट अफ्रिकाको कूल गार्हस्थ उत्पादनमा दुई खर्ब २० अर्ब डलर योगदान गर्नेछ। स्थानीय सञ्चारमाध्यमका अनुसार नाइजेरियाले आफ्नो बजार खुला गरेमा त्यसले नाइजेरियामा सामानको मूल्य व्यापक रूपमा घट्ने र अर्थतन्त्रमा समस्या निम्त्याउने बताएका छन्।

प्रकाशित: २० असार २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App