१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

४५ मिनेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं– भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणका क्रममा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेट बन्द हुने भएको छ। राष्ट्रपति मुखर्जीको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल ४५ मिनेट बन्द गर्नु परेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरलले जानकारी दिए। १२ बजेदेखि १२ : ४५ सम्म कुनै पनि विमान अवरण र उडान गर्न रोक लगाइएको ठाकुरले जानकारी दिए।

भारतीय राष्ट्रपति मुखर्जी १२ : ३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। विमानस्थलले नोटिस फर एअरमेन – नोटाम जारी गरेर भिभिआइपी आउनु भन्दा केही समय अगाडि र पछाडि विमानस्थल बन्द गर्न सक्ने  प्रवक्ता ठाकुरलले जनाए।  उनले जहाजलाई होण्ड गर्न र डाइभर्ट गर्न लगाएको उनले जनाए। मुखर्जी  इण्डियन एअर फोर्सको विमानबाट काठमाडौं आउँदैछन्।

 

प्रकाशित: १७ कार्तिक २०७३ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App