१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गैरसरकारी संस्थालाई जवाफदेही बनाउन अनुमति लिएर काम गर्ने व्यवस्था

काठमाडाैं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन्।

अर्थमन्त्री खतिवडाले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पारे। बिहीबारबाट ललितपुरमा सुरु भएको 'सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशिया’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि बताए। खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भए पनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैरसरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको स्मरण गराए।

अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान निजी क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने पनि बताए। दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एशियाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पु-याउने विश्वास गरिएको छ।

 

प्रकाशित: १९ असार २०७६ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App