१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँचतले मन्दिरको जन्मोत्सव

भक्तपुर - भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको जन्मोत्सवको अवसरमा बुधबार मन्दिरको सबैभन्दा माथिल्लो पाँचौ तलाको गजुरमा झण्डोतलन गरिएको छ। पाँच तलासम्म मानिस पुगेर झण्डा गाडेर झण्डोतलन गरिएको हो।

परम्परादेखि चल्दै आएको यो चलन आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको छ। स्थानीयका अनुसार वर्षमा एक पटक झण्डोतोलनका लागि सरकारले चार हजार रुपैयाँ मात्रै दिने गर्दै आएको छ। सरकारले दिने चार हजार रुपैयाँले परम्परा धान्न नसकिने सरोकारवालाहरु बताउँछन्।

वर्षेनी असार शुक्ल प्रतिपदाको दिन बुसाँरा (झन्डात्तोलन) गरिन्छ। यसमा भक्तपुरका तुछिमलाका अवाल सलंग्न हुन्छन्। कार्यक्रमका लाग आर्थिक अभाव भएको बारे उनीहरुले गुठी संस्थान, भक्तपुरका साथै भक्तपुर नगरपालिका, वडा कार्यालयलाई जानकारी गराएका थिए। तुछिमला टोलसुधार समितिका अध्यक्ष हरिशरण अवाल बुसाँरा (झण्डोत्तोलन)का लागि २० जना अवालहरु मन्दिरमा जाने गरेको बताउँछन्। सो परम्परामा खटिएका स्थानीयहरु बसेर भोज खाने चलन छ। यसका लागि खर्च लाग्छ। आर्थिक अभावका कारण गत वर्ष झण्डोत्तोलन त गरियो तर गजुरसम्म नपुगी पहिलो तलामै झण्डा राखियो।

साँस्कृतिवृद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्। मन्दिर नेपाल संम्वत् ८२२ मा बनेको हो। मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरुले गरेकोे किम्वदन्ती छ।
टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमण्डी भएकाले उनलाई शान्त पार्न भैरवको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको हो। मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणले बनाइएको हो। सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्तिको देवी, शक्तिको प्रतीक मानिने उनले जानकारी गराए।

प्रकाशित: १९ असार २०७६ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App