‘देउवाले यथास्थितीवादीको नेतृत्व गरे, हामीले सुधारवादीको नेतृत्व गर्‍यौं’

बुधबार, १८ असार २०७६, २१ : ०९ अर्जुन ओली

नेपालगन्ज– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले  पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन्। स्व. गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा जिपी कोइराला फाउण्डेशन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले पार्टीभित्रको लडाई यथास्थितीवादी र सुधारवादीबीच चलिरहेको छ,’ केन्द्रिय सदस्य केसीले भने ‘सभापति शेरबहादुर देउवाले यथास्थितीवादीको नेतृत्व गरिरहनु भएको छ, भने मसहित केही साथीहरुले सुधारवादीको नेतृत्व गरिरहेका छौं।’ पार्टीको नेतृत्व पंक्ति बिधि र पद्धती अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिदै उनले संगठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने धारणा राखेका छन्। अहिलेको अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने केसीको भनाई छ।

त्यस्तै उनले सरकारले अधिनायकवादी चरित्र देखाउँदा जनता निराश रहेको बताएका छन्। उनले अहिलेको सरकार अधिनायकवादतर्फ उन्मुख भईरहेको जिकिर गरेका छन्। उनले भने, ‘वर्तमान सरकार लक्ष्यबिहीन हिसाबले अगाडी बढिरहेको छ, जसका कारण जनताले आहात महसुस गरिरहेका छन्।’ सरकारले स्वतन्त्र प्रेस, राष्ट्रिय मानव अधिकार आयोग, अदालत, गुठी लगायत चारैतिर हस्तक्षेप गरेर अधिनायकवादी चरित्र देखाईसकेको केसीको जोड छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad