१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड

भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित भेटिएकाे शंकास्पद बस्तु। तस्बिरःएक्सन/नागरिक

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ। वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजातलगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो।

अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। सोही वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ। समुहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ।

घटनापछि उक्त स्थानमा सुरक्षास्थिती कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त घटनास्थलमा बुधबार बिहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ।

सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला
भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित बुधबार बिहान एक शंकास्पद वस्तु फेला परेको छ। सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु फेला जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाले डिस्पोजको तयारी गरिरहेको जनाइएको छ। शंकास्पद बस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए। बुधबार बिहान करिब साढे ११ बजेतिर शंकास्पद बस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: १८ असार २०७६ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App