१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एचआइभी संक्रमण दर घट्यो

 सिड्नी -   अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ।    
बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ।    
    
अष्ट्रेलियाको दि युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो। उक्त विश्वविद्यालयआवद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा यहाँको एचआाइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ।    
    
उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितहरुको गणना गरिएकोमा ८३५ जना मात्र भेटिएको देखाएको छ।    
    
देशभरमा गरिएको सो एचआइभी संक्रमितहरुको खोजीका क्रममा ८३५ जना मात्र भेटिएको उक्त संस्थाका प्रमुख प्राध्यापक रेबेका गायले जानकारी दिए।    
उनका अनुसार यो संख्या गएको १८ वर्षयताकै सबैभन्दा कम हो। उनले भने– अष्ट्रेलियामा हरेक वर्ष एचआइभी संक्रमितहरुको पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने गरिएकोमा गतवर्ष अर्थात् सन् २०१८ को यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा थोरै हो।    
    
 उनले भने– हुनत हामीले पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा एचाआइभी संक्रमितहरुको संक्रमण दर घट्दै गएको देखेका छौँ, तर गत वर्षको यो तथ्याङ्क भने अहिलेसम्मकै सबैभन्दा कम हो।    
उनले यसअघिका अनुसन्धानहरु यहाँका विभिन्न राज्यमा गर्ने गरिएको र राज्यस्तरमा घट्दो दर देखिएको भन्दै तर गत वर्षको यो तथ्याङ्क भने राष्ट्रिय स्तरकै भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।    
    
 यो संक्रमणमा आएको कमी भनेको यहाँको सरकारले स्वाथ्यका क्षेत्रमा गरेका प्रतिबद्धताहरुको परिणाम भएको पनि उनले बताए।
यहाँको सरकारले एचआइभी एड्सको नियन्त्रणका क्षेत्रमा दरिलो प्रतिबद्धता व्यक्त गरेको र सो प्रतिबद्धताअनुसार काम गरेकोले एचआइभीको संक्रमणमा कमी आएको बताइएको छ।  रासस/सिन्ह्वा    
–––  

प्रकाशित: १८ असार २०७६ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App