१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत सेमिफाइनलमा

बर्मिङ्घम – बंलगादेशलाई २८ रनले पराजित गर्दै भारत इङल्यान्ड–वेल्समा जारी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ। भारत जारी प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली हो।यसअघि अस्ट्रेलियाले अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ।

भारतले प्रस्तुत गरको ३ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा २ सय ८५ रनमा अलआउट भएको थियो। बंगलादेशका साकिब अल हसनले सर्वाधिक ६६ रनको योगदान गरे।साकिबले ७४ बलमा ६ चौका प्रहार गरे।त्यस्तै मोहम्मद सौफदिनले  अविजित ५१ रनको योगदान गरे भने सबिर रहमानले ३६ र ओपनर सौम्य सरकारले ३३ रनको योगदान गरे।आठौ विकेटका लागि सबिर रहमान र मोहम्द सुफोडिनले  रनको ६६ रनको साझेदारी गरे पनि टोलीको हार टार्न सकेनन्।

भारतका जसप्रित बुमराले ४ र हार्दिक पाण्डेयाले ३ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर ३ सय १४ रन जोड्न सफल भयो। अघिल्लो खेलमा इङ्ल्यान्डविरुद्ध पनि शतकीय इनिङ खेलेका रोहित शर्माले बंगलादेशविरुद्ध पनि शतक प्रहार गर्न सफल भएका छन्।

उनकै शतकीय इनिङको मद्दतमा भारतले विशाल लक्ष्य दिन सफल भयो। ओपनिङ जोडीद्वय लोकेश राहुल र रोहित शर्माले उत्कृष्ट सुरुआत गरे पनि मध्य क्रमका ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन्। लोकेशले ६ चौका र १ छक्काको मद्दतमा ७७ रन जोड्दा लगातार शतकीय इनिङ खेलको रोहितले ७ चौका र ५ छक्का मद्दतमा १ सय ४ रन जोड्न सफल भए।

१ सय ८० रन जोड्दा पहिलो विकेट गुमाएको भारतका लागि कप्तान विराट कोहलीले २६ रनको इनिङ खेल्दै पवेलियन फर्किए। विराट मुस्ताफिजुर रहमानको बलिङमा रुबेल हुसेनद्वारा क्याच आउट भएका थिए। ऋसब पन्तले ४८ तथा महेन्द्रसिंह धोनीले ३५ रनको व्यक्तिगत स्कोर गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक पाँच विकेट हात पार्दा सकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले समान १/१ विकेट लिए। प्रतियोगितामा बुधबार आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। जित हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

प्रकाशित: १८ असार २०७६ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App