१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्विलचियरबाटै प्रतिभा देखाएर टोनी अवार्ड जित्ने पहिलो महिला स्ट्रोकर

न्युयाेर्क- झट्ट हेर्दा एउटा बार्बी डल बसेको जस्तो लाग्ने तर उनी डल नभएर बार्बी झै देखिने अलि स्ट्रोकर हुन्। जो स्टेजमा आफ्नो नृत्य प्रस्तुत गर्नका लागि खेती गर्ने महिलाको रुपमा तयार भएर ह्विलचियरमा बसेकी छिन्।

३१ वर्षकी मिस स्ट्रोकरले ब्रोेडवेको इतिहास बनाइन्। जब उनलाई ‘ओक्लाहोमा’ संगीतका लागि सर्वोत्कृष्ट अभिनेत्रीको टोनी अवार्ड २०१९ प्रदान गरियो। यसरी ह्विलचियरमा बसेर आफ्नो प्रतिभा देखाएर टोनी अवार्ड जित्ने पहिलो महिला बनेकी हुन, स्ट्रोकर।

उनी दुई वर्षकी हुँदा एउटा कार दुर्घटनाले गर्दा उनको रिडको हड्डी भाचियो। र उनको छातिभन्दा तलको भाग चल्नै छोड्यो। बच्चाकालमा घटेको त्यो दुर्घटनाले गर्दा उनी कहिले विस्तराबाट उठ्नै सकिनन्। र त्यो बेलादेखि उनको सच्चा साथी ह्विलचियर बन्न पुग्यो। उनलाई आफ्नो जीवनकालमा खुट्टाले हिडेको सम्झना छैन् तर उनी आफ्नो पहिलो ह्विलचियर रातो थियो भन्दै सम्झन्छिन्।

उनी सात वर्षको हुँदा १२ वर्षकी छिमेकी साथी रचेल एन्टोनोफसँग थिएटर क्याम्प गएकी थिइन्। त्यहाँबाट फर्कदा साथी रचेलले स्ट्रोकरसँग मिलेर ‘एन्नी’ नामक कमेडी ड्रामामा सहायक प्रोडक्सनको भूमिका निर्वाह गर्ने घोषणा गरेकी थिइन्। त्यस पश्चात् उनको जीवन नै परिवर्तन भयो।

जब उनले पहिलो पटक स्टेज पाइन् तब आफु एकदमै शक्तिशाली भएको महसुस गरेको अनुभव सुनाउँछिन्। उनी भन्छिन्, ‘जब म ह्विलचियर मा थिएँ मान्छेहरु मलाई घोरिएर हेर्थे। जब म स्टेजमा पुगे त्यसबेला पनि मलाई घोरिएर हेर्दै थिए मान्छेहरु किनभने त्यसबेला म स्टार थिएँ।’

उनी आफ्नो प्रतिभा देखाउनमा सदैव तत्पर रहिरहन्छिन्। केहि दिनअघि उनी टोनीले आयोजना गरेको समारोहमा पहेंलो गाउन् लगाएर पुगेकी थिइन। उक्त गाउन् उनकै साथी मिस एनटोनोफले तयार पारेकी हुन्। एनटोनोफ अहिले फेसन डिजाइनर छिन्। ‘यो समाजले मलाई नहेर, नसोध भन्न सिकायो जुन एकदमै कडा स्वभाव थियो। तर अब म भन्छु हेर मलाई, सोध मलाई, मेरो शारीरिक बनावट हेर मैले कसरी ह्विलचियरलाई चलाउँछु। यसले मलाई अझ आत्मविश्वास र बल थप्छ’ भन्दै भावुक हुन्छिन स्ट्रोकर।

उनी सबै अपाङ्ता भएका केटाकेटीलाई हौसला दिदै भन्छिन्, ‘सबैमा आफ्नै किसिमको क्षमता हुन्छ। आफूले केही गर्नसक्छु भनेर आत्मविश्वास राख्न आग्रह समेत गर्छिन्।’ न्यूयोर्क टाइम्सले स्ट्रोकरसँग गरेको कुराकानी अनुसार ‘ओक्लाहोमा’ एउटा छुट्टै विधामा आधारित संगीत हो। यसलाई सबैले मन पराउछन् भन्नेमा पूर्ण विश्वस्त थिए। यसका निर्देशक डेनियलले पनि पूर्ण सत्यताका साथ यसलाई चित्रण गरे। यो अपाङ्ता भएकाहरुको लागि हौसला प्रदान गर्ने संगीत हो।

ओक्लाहोमा हेर्न आफु जस्तै ह्विलचियर आएकाहरुलाई देखेर उनी हर्षित थिइन्। यसले गर्दा उनीहरुमा पनि आफुमा केही गर्ने शक्ति र हौसला थपेको छ भन्नेमा ढुक्क देखिन्छिन् स्ट्रोकर। आफु अपाङ्ता भएकाहरुको लागि हौसला दिन सक्ने प्रतिकात्मक भएकोमा उत्साहित र गर्व महसुस गर्छिन।

ह्विलचियरमा बसेर पनि उनले आफ्नो घाटी र कुमको माध्यमबाट नृत्यको हरेक कदम चालेकी छिन्। उनले यसमा आफ्नो स्वर पनि दिइएकी छिन्। उनको लागि गायन कला प्राविधिक नभएर अध्यात्मिक भएको बताउँछिन्। गायन कला भनेको आफ्नो मनको भावना व्यक्त गर्ने उत्तम माध्यम हो, जसमा कुनै सीमा नरहने स्ट्रोकरले बताएकी छिन्। ‘गीत गाउँदा आफु उडिरहेको जस्तो महसुस हुन्छ, तर कुनैबेला आफुसँग यस्तो भाग पनि जुन न त चल्छ, न त महसुस नै गर्न सकिन्छ। जसले गर्दा आफु कहिलेकाहीं सबैभन्दा शक्तिशाली महसुस हुने’ उनी बताउँछिन्।

त्यहाँ निश्चित रूपमा मानिसहरू थिए, जसले मलाई हतोत्साहि गर्न खोजे। यो सुन्दा साँच्चै गाह्रो हुन्छ, मलाई लाग्छ। तर ममा आत्मविश्वास छ र म तिनिहरुले मलाई के भन्छन् भनेर म सोच्दिन। मसँग जे छ म कुनै पनि दिन चाहिदैनन्। अन्त्यमा स्ट्रोकर भन्छिन्, ‘यो अवार्डले मेरो लागि झनै धेरै ढोकाहरु खोलिदिएको छ। अब म त्यस्ता व्यक्तिहरु सामु गए असम्भव भन्ने केही हुदैन् जबसम्म हामीले केही गर्दैनौं भनेर सम्झाउन चाहान्छु।’ एजेन्सीको सहयोगमा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App