१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

नारायण ढुंगाना

रत्ननगर (चितवन)– नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि पाचाैं अर्थात् अन्तिम दिन भाईटीका। विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन।

तिहारको पाँचौं दिन मंगलबार भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै चितवनमा पनि मनाईएको छ।

धादिंङ गजुरीबाट चितवनमा भाईटीकाका लागि आउनुभएकी पार्वती अर्याल मुख्यगरी दाजुभाई र दिदी बहिनीको सम्बन्धको प्रतिक भाईटीका भएको बताए। परम्पराअनुसार दिदिवहिनीहरुले भाईलाई पूजा गरी सप्तरंगी टीका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।

यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टीका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ।

पंडित हरिप्रसाद शर्मा दाजुभाई दिदीवहिनीको सम्बन्धको प्रतिक नै भाईटीका भएको बताउँदै तिहारले सुखशान्ति, समृद्धि र भाईचाराको विकासको कामना गरेर मनाईने बताउँछन्।

चितवनमा कतिपयले भाइटीकाको उत्तम समय ११ बजेर ५२ मिनेटमै लगाएका छन् भने कतिपय दिदीवहिनीहरुले केही अघि र केहीपछि पनि टीका लगाएका छन् । समयमै टीका लगाएको बताउनु हुने गोमा न्यौपाने दिदी बहिनी र दाजुभाईका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार भएको बताउँछन्।

‘टाढा गएका दाईभाईहरु घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो,’ न्यौपाने भन्छन्, ‘दाजुभाईले दिदीवहिनी र दिदीवहिनीले दाजुभाईलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठूलो छ ।’

बुधबार टीकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिईन्छ।

चितवन शक्तिखोरमा पाँच दाजुभाईलाई टिका लगाउन आउनुभएकी अम्बिका घिमिरे अरु बेला माईत आउन नपाएपनि तिहारमा नियमित आउने गरेको बताउँछन्। यो पटक पनि उहाँले भाईलाई सप्तरंगी टीकाले रंग्याए।

मखमली र सयपत्री माला लगाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिएको घिमिरेले बताउनुभयो । दाजुभाईले पनि टिका लगाई गच्छे अनुसारको दक्षिणा दिएर शुभकामना साटासाट भएको उनी बताउँछन्।

स्थानीय लोकनाथ ढुंगाना विहे गरेर टाढा गएका दिदीबहिनीहरु समेत आउने र दाजुभाई समेत कामको सिलसिलामा बाहिर भएपनि यो बेला आउने हुँदा तिहार आफैंमा सौहार्दताको चाडको रुपमा आफुले लिने गरेको बताउँछन्। रासस

प्रकाशित: १६ कार्तिक २०७३ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App