कृषि तथा संघीय मन्त्रालयको खर्च कटौति प्रस्ताव पेश

मङ्गलबार, १७ असार २०७६, १२ : ५८ नागरिक

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेका छन्।

नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको विविध शीर्षकको खर्च कटौति गरेर एक सय कायम राख्न गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेश गरेका हुन्। त्यसैगरी काँग्रेसकै अर्की सांसद मुक्ताकुमारी यादवले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषकलाई दिने अनुदानको रकम कम भएको उल्लेख गर्दै कटौति गरेर एक रुपैयाँ कामय गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेश गरिन्।

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विविध शिर्षकमा मात्रै १ अरव ६४ करोड ८४ बजेट विनियोजन गरेकोमा आपत्ति जनाउँदै त्यसलाई दुरुपयोग हुन नदिन खर्च कटौतिको प्रस्ताव पेश गरिएको स्पष्ट पारे। उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता अनुकूल काम नगरेको, कर्मचारी समायोजनको कामको समेत उचित व्यवस्थापन गर्न नसकेको तर विविध शिर्षकमा पनि अत्याधिक बजेटको व्यवस्था गरेर मुलुकको अर्थतन्त्रमाथिकै बदनियत राखेको उल्लेख गर्दै आपत्ति जनाए।

त्यसैगरी सांसद मुक्ताकुमारी यादवले ५ वर्षमा दोब्बर कृषिमा उत्पादन गर्ने लक्ष्य लिएको सरकारले बजेटमा कृषि क्षेत्रको विकासका लागि ३ प्रतिशत पनि बजेट विनियोजन नगरेको तथा किसानहरुको अनुदानका लागि उचित बजेट दिन नसकेकाले आफूले सो मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेश गर्नु परेको स्पष्ट पार्नु भयो । किसानका लागि आवश्यक सेवा, सुविधा दिनुपर्ने सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा सांसद यादवको आपत्ति छ ।  







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad