१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले लाखबत्ती बाल्ने

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ।

नेपाली कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी सुरु गरेको छ। दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए।

योसँगै नारायणी किनारमा हुने श्रीगण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड स्व. कोइरालाको नाममा समर्पित गरिने र जसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहकार टंकनाथ पौडेलले जानकारी दिए।

लाखबत्ती र दीप प्रज्वलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा. मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ। पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व. नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए। रासस

प्रकाशित: १७ असार २०७६ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App