१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठकमा तीन विधेयक टेबुल

काठमाडाैं – राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरे। ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन्।

बैठक सुरु हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कांग्रेसका कार्यकर्तामाथि हालै भएको सांघातिक आक्रमण गर्नेको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण  गराए। रासस

प्रकाशित: १७ असार २०७६ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App