१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहेँलो कार्ड बनाएकालाई भत्ता

अपाङ्गताको परिचपयत्र र भत्ता लिन भेला भएका ऐसेलुखर्क गाउँपालिकाका सर्वसाधारण। तस्बिरः नागरिक

खोटाङ – खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले अपाङ्गताको पहेँलो कार्ड बनाएका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। नेपाल सरकारले हालसम्म रातो र नीलो वर्गको कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकामा गाउँपालिकाले पहेँलो कार्ड पाएका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो।

पहेँलो कार्ड पाएका अपाङ्गता भएका नागरिकलाई आर्थिक वर्ष २०७५/७६ भरिको एकमुष्ट जनही दुर्ई हजार चार सयका दरले सामाजिक भत्ता प्रदान गरिएको ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताइन्।

गाउँपालिकाको गत वर्षको नीति तथा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका ६२ जनालाई मासिक दुई सयका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो। पहेँलो कार्ड पाएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता स्वरुप एक लाख ४८ हजार आठ सय रुपैयाँ रकम बाँडिएको छ। पहेँलो कार्ड पाएका बाँकी नागरिकलाई पनि असारभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गरिने उपाध्यक्ष भुजेलले बताइन्।

प्राथमिक स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममार्फत् गाउँपालिकाले सोमबार अपाङ्गता भएका ६३ सर्वसाधारणलाई अपाङ्गताको परिचयपत्र वितरण गरेको छ। रातो कार्ड एकजनालाई, नीलो कार्ड ६ जना, सेतो कार्ड १५ जना र पहेँलो कार्ड ३५ जनालाई वितरण गरिएको छ। विभिन्न प्रकृतिका कार्ड वितरणको काम जारी रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १७ असार २०७६ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App