१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शताब्दी पुरुष जोशीको ‘जुरेली दर्शन’ सार्वजनिक

काठमाडौं – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा ‘जुरेली दर्शन’ नामक पुस्तक प्रकाशन भएको छ। कवि अनिल पौडेले तयार पारेको पुस्तक राष्ट्रकवि माधव घिमिरेले विमोचन गरेका थिए।

पुस्तकमा पाँच दशकअघि काठमाडौंको जमलमा रहेको काठ गोदामलाई संस्कृतिविद् सत्यमोहन जोशीले नाटक देखाउने ठाउँमा परिणत गरेको प्रसंग समेटिएको छ। त्यो ठाउँलाई उनले नाचघरको नाम दिए। त्यसपछि सो ठाउँमा नाच र नाटक देखाउन थालियो र यो क्रम अहिलेसम्म पनि जारी छ।

त्यो नाचघर सरकारी मातहतमा निर्माण भएको थियो। पछि त्यसलाई सांस्कृतिक संस्थानको  रूपमा नामकरण गरिएको विषय उल्लेख छ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका कारण राष्ट्रिय नाचघरको मुख्य हललाई आइतबारबाट जोशीको नाममा नामकरण गरिएको छ।

नाचघर मेघा हल नाम भएको यो हललाई सत्यमोहन जोशीप्रति समर्पण गर्दै ‘सत्यमोहन जोशी प्रेक्षालय’ नामकरण गरिएको प्रतिष्ठानका महाप्रबन्धक राजेश थापाले बताए। सो प्रेक्षालयको नामकरण बोर्डको उनी शताब्दी पुरुषले उद्घाटन गरे। कार्यक्रममा बोल्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले काठ गोदामको जग्गा किनेर आफूहरूले नाचघर बनाएको स्मरण सुनाए। आफूले स्थापना गरेको हल अहिले आफ्नो नाममा नामकरण गर्दा खुसी लागेको उनले बताए।

आफू जुरेलीको जीवन शैलीबाट प्रभावित भएको र सोही दर्शनमा आधारित आफ्नो जीवनशैली रहेको वाङ्मय शताब्दी पुरुष जोशीले बताए। सोही दर्शनमा आधारित रहेको कवि पौडेलले आफ्नो जीवनका महत्वपूर्ण अंश समेटेर यो पुस्तक तयार गरेको पनि जोशीले कार्यक्रममा बताएका थिए।

पुस्तक लेखनदेखि प्रकाशनसम्मका अनुभव सुनाउँदै लेखक पौडेलले आफू जोशीको जुरेली दर्शनबाट प्रभावित भएको बताए। सोही कारण पुस्तकको नाम पनि जुरेली दर्शक राखेको उनले प्रस्ट पारे।

प्रकाशित: १७ असार २०७६ ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App