१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हरिवनमा चार सय २२ लाई रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी महिला। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चार सय २२ जनाले रोजगारी पाएका छन्। १० दिनसम्म प्रतिदिन पाँच सय १७ रुपैयाँ पारिश्रमिक पाउने गरी उनीहरुलाई शनिबारदेखि काममा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।

‘यो वर्ष ढिलागरी अख्तियारी आएको र नयाँ कार्यक्रम भएकाले सुरु गर्न ढिलाइ भएको र आगामी वर्षदेखि भने समयमै सुरु गरिनेछ,’ ढकालले भने, ‘यो वर्ष २८ लाख मात्र बजेट भएकाले एक हजार चार सय ९३ जनाले फारम भरे पनि चार सय २२ जनालाई मात्र रोजगार कार्यक्रममा सहभागी गराइएको छ।’

उनीहरुलाई नगरपालिका कार्यालय, वडा कार्यालय, नगर भित्रका सामुदायिक विद्यालय तथा विभिन्न सरकारी कार्यालय हातामा वृक्षरोपण गर्न लगाइने ढकालले जानकारी दिए। उनका अनुसार अशोक, धुपी, रक्तचन्दनलगायत विभिन्न फूलका बिरुवा रोप्न लगाइने छ। रोजगारमा छनौट भएका अधिकांश महिला छन्।

२० स्थानीय तह रहेको सर्लाहीमा हालसम्म हरिवनसहित दुईवटा नगरपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेका छन्। यसअघि बागमती नगरपालिकाले यो कार्यक्रम लागू गरिसकेको छ।

प्रकाशित: १७ असार २०७६ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App