१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिहे खर्च दुई अर्ब, फोहोर तीन सय क्वीन्टल

भारत – भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ। नगर निगमका अधिकारीका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यत्रो मात्रामा फोहोर थुप्रिएको थियो।

जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको पूरै इलाका सफा गरिएको जानकारी दिए। गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो। गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए। साह्रै नै भव्यरुपमा सम्पन्न भएको सो विवाह कार्यक्रममा करिब दुई अर्ब भारतीय रुपैयाँ खर्च भएको बताइएको छ।

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारीहरुलाई खटाइएको पनि नगर निगमले जनाएको छ। उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ।

सो विवाह समारोहमा मुख्य मन्त्री, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेवसमेतका विशिष्ट पाहुनाका रुपमा सहभागी भएका थिए। विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टा योग शिविर सञ्चालन गरेका थिए। विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको यवस्था गरिएको थियो।

प्रकाशित: १७ असार २०७६ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App