१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

'स्वार्थले मलेसिया खुलेन, झार उखेलेर मुलुकमा सम्वृद्धि आउँदैन'

काठमाडौं– दुई देशबीच सम्पन्न श्रम-सम्झौताको मर्म अनुरुप मलेसिया रोजगारी तत्काल सुचारु गर्न वैदेशिक रोजगार व्यवसायीले सरकारलाई आग्रह गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका निर्णयका कारण विगत एक वर्षदेखि मलेसिया रोजगारी बन्द रहेको व्यवसायीको आरोप छ।

सस्तो लोकप्रियताका लागि श्रम मन्त्रालयले मलेसियाले स्वीकृत दिएका संस्थालाई एकतर्फी रुपमा खारेज गरेपछि कामदार जाने प्रक्रियामा रोकावट आएको निश्कर्ष वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारको छ। 'मलेसिया सरकार अहिले पनि नेपाली कामदार लिन तयार छ। तर नेपाल सरकारको अनावश्यक अडानका कारण नेपालीहरु मलेसिया रोजगारीबाट बन्चित हुनु परेको हो। यसमा स्वार्थ लुकेको छ। क-कसको स्वार्थ लुकेको छ त्यो खुल्दै जानेछ' उनले भने।

लामो सयमसम्म मलेसिया बन्द रहे त्यसको असर अर्थतन्त्रमा देखिने भन्दै व्यवसायी सतार तत्काल एउटा कठोर कदम चाल्न सरकारलाई सुझाव दिन्छन्। रोजगार सम्बन्धी सरकारको अस्पष्ट नीतिका कारण मुलुकमा वेरोजगारी बढ्दै गएको उनको भनाइ छ। 'सरकारको नीति आफैंमा द्वैध चरित्रको छ।  एकातिर सरकार श्रम सम्झौता गर्दै हिँडछ, अर्कोतिर गरेका सम्झौता आफैं कार्यान्वयन गर्दैन अनि राजधानीमा आएर आन्तरिक रोजगारीका ठुल्ठुला कुरा गर्छ तर केमा रोजगारी दिन्छु भन्ने नै छैन' सतारले भने।

झार उखेलेर पनि मुलुकमा सम्वृद्धि आउँछ?' उनले प्रश्नगर्दै भने-' दुर्गम जिल्लाबाट एउटी सुत्केरीलाई हेलिकप्टरमा उद्दार गरियो भने यहाँ चर्चा धेरै हुन्छ। तर त्यहीँ कालिकोटमा किन एउटा हस्पिटल खोल्न सकिंदैन? नारामा मात्र सम्वृद्ध नेपाल भनेर हुँदैन।'

 

सरकारी नीतिका कारण नेपालले पाउँदै आएको कोटा अन्य मुलुकमा डाइभर्ट भएको बताउँदै उनले सहज र सरल नीति निर्माण गर्नुपर्नेमा जोड दिए। मुलुकमा वेरोजगारको चाप दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै उनले वर्तमान सरकारकै पालामा नेपालमा सबैभन्दा धेरै वेरोजगार बढेको दाबी गरे। 

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सरकारी श्रोतको दुरुपयोग भएको उनको भनाइ छ। 'प्रधानमन्त्री रोजगार कार्यक्रम समृद्ध नेपाल निर्माणका लागि नभइ पार्टीका कार्यकर्तालाई रोजगारी दिने उद्देश्यले ल्याइएको कार्यक्रम हो। झार उखेलेर पनि मुलुकमा सम्वृद्धि आउँछ?' उनले प्रश्नगर्दै भने-' दुर्गम जिल्लाबाट एउटी सुत्केरीलाई हेलिकप्टरमा उद्दार गरियो भने यहाँ चर्चा धेरै हुन्छ। तर त्यहीँ कालिकोटमा किन एउटा हस्पिटल खोल्न सकिंदैन? नारामा मात्र सम्वृद्ध नेपाल भनेर हुँदैन।'

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १६ असार २०७६ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App