सुनको शुद्धता

सोमबार, १६ असार २०७६, ०९ : ३० डा. निरञ्जन पराजुली

काठमाडौँको न्युरोडमा कुनै सटर खाली भयो भने निश्चितरूपमा त्यस ठाउँमा नयाँ सुन पसल खोलिन्छ। नेपालमा अचेल अत्यन्तै फस्टाएको छ सुनको व्यापार। तीज, दसैँ र विवाहको समय बजारमा सुनको माग प्रतिदिन ५० केजीसम्म पुग्ने अनुमान छ। सामान्य दिनमा पनि सुनको माग दैनिक करिब ३० केजी भएको सुनिन्छ। तर सरकारले बैंकहरूलाई दैनिक २० किलोमात्र सुनको कोटा तोकेको छ। बजारको माग थेग्न विदेशबाट ठूलो परिणाममा अवैध सुन भित्रने गरेको छ। त्यसरी भित्रने सुन पक्रिएको कुरा त छापाहरूमा आउँछ तर त्यसको गुणस्तर र शुद्धता जाँचेको थाहा हुँदैन। टोल÷टोलमा खुलेका सुन पसलमा शुद्धता मापन गरेको पाइँदैन।
युनाइटेड अरब इमिरेट्समा सुनमा कर नलाग्ने र व्यापार सहज भएकोले तस्करहरूले यसलाई महŒवपूर्ण गन्तव्य बनाएको पाइन्छ। त्यसबाहेक अन्य मुलुकबाट पनि नेपालमा सुन भित्रने गरेको छ। पछिल्लो समय चीनबाट  सुन अवैध तरिकाले नेपाल हुँदै भारत पुग्ने गरेको अनुमान छ। नेपाली समाजको सुनप्रतिको तीव्र आशक्ति र बढ्दो अवैध व्यापारले सुन खरिद बिक्रीमा उपभोक्ता कसरी ठगिएका छन् भन्ने बुझ्नु जरुरी छ।

बजारमा सुनको शुद्धतामात्र होइन, गहना खरिद बिक्री गर्दा व्यवसायीले लिने जर्ती कमिसनका कारण पनि उपभोक्ता पीडित देखिन्छन्।

शुद्धताका आधारमा सुनको मापन क्यारेटमा गरिन्छ। २४ क्यारेटको सुनलाई सबैभन्दा शुद्ध मानिन्छ। २४ क्यारेटभन्दा तलका सुनमा अन्य धातु मिसाइएको हुन्छ। नेपाली बजारमा २४ क्यारेट वा छापावाल सुनको व्यापार सबैभन्दा बढी हुन्छ र त्यसपछि बजारमा चल्तीका सुन भनेको १८ र २२ क्यारेट हुन। बजारमा तेजावी सुनलाई पनि २४ क्यारेट नै मानिन्छ। २४ क्यारेटको सुनको घनत्व कम हुने भएकाले यसको तुलनामा १८ र २२ क्यारेटको सुनका गहना आकर्षक डिजाइनमा निर्माण गर्न सकिन्छ। कमलो सुन भएकाले २४ क्यारेटका गहना सजिलै कोरिन र आकार परिवर्तन हुन सक्छ। ज्यादै उज्यालो हुने भएकाले २४ क्यारेटको सुन विदेशमा गहनाका लागि उपयुक्त मानिँदैन। १४ क्यारेटमा भन्दा २४ क्यारेटमा सुनको मात्रा करिब दोब्बर हुन्छ। १४ क्यारेट सुन अमेरिका र युरोपमा गहनाका लागि सबैभन्दा बढी प्रयोग गरिन्छ। भारतमा २२ क्यारेटको सुन बजारमा बढी प्रचलित छ। मानव शरीरको तापक्रम सुनमा छिट्टै समायोजन हुनेलगायत अन्य बहुउपयोगी गुणका कारण यसको महत्व बढ्दै गएको देखिन्छ। हालसम्म करिब १ लाख ७० हजार टन सुन खानीबाट निकालिएको अनुमान छ। त्यसमध्ये विश्वमा करिब ५० प्रतिशत सुनको गहना नै बन्ने गरेको छ।

सुनको शुद्धता
अन्तर्राष्ट्रिय मान्यताअनुसार ९९ दशमलव ९ प्रतिशत शुद्धता रहेको सुनलाई २४ क्यारेट सुन भनिन्छ। नेपालमा यसलाई छापावाला सुन अथवा ‘नम्बरी सुन’ भनिन्छ। ‘नम्बरी सुन’ को गहना प्रशोधन गरेर बनाइएको सुनलाई तेजावी सुन भनिन्छ। अन्य मुलुकमा छापावाल सुनका गहनालाई प्रशोधन गरेर छापावाला सुन नै निकाल्ने गरिन्छ तर नेपालमा त्यस्तो प्रविधि नभएका कारण छापावाला सुनको गहना प्रशोधन गरेर छापावाला सुन उत्पादन गरिँदैन। नेपाली बजारमा पाइने छापावाला सुनमा ९९ दशमलव ५ प्रतिशत शुद्धता भएको दाबी गरिन्छ तर त्यसको वैज्ञानिक पुष्टि हुन बाँकी नै छ। छापावाला सुनमा ९९ प्रतिशतभन्दा कम शुद्धता भएको शंका छ। हाल बजारमा विभिन्न क्यारेटका सुन पाइन्छ तर कुनैको पनि शुद्धता अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रमाणित हुन सकेको छैन। सरकारले सुनको गुणस्तर र शुद्धतालाई कडारूपले कानुनी दायरामा नल्याएका कारण आमउपभोक्ता ठगिएका छन् छैनन् ? त्यसको उत्तर दिन सक्ने स्थितिमा देश छैन। सुनको गुणस्तर मापन ग्राभिमेट्रिक, टाइट्रिमेट्रिक र वैज्ञानिक उपकरण प्रयोग गरी ३ फरक विधिबाट गर्न सकिन्छ तर यसको शुद्धता मापन गर्न अधिकांश व्यवसायीले उल्लिखित परीक्षण विधि अनुशरण गरेको पाइँदैन।

सरकारले रसायनशास्त्रमा स्नातकोत्तर अध्यापन हुने विश्वविद्यालयलाई ‘हलमार्किङ सेन्टर’ का रूपमा विकास गर्न सक्छ। बजारमा सुनको शुद्वता, जर्ती र ज्यालालगायत विषयमा नियमन र नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ।

विदेशमा जस्तै हाल नेपालमा पनि सुन परीक्षणका लागि वैज्ञानिक उपकरण ‘एक्स रे फ्लोरोसेन्स’ भन्ने मेसिन भित्रिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभाग र काठमाडौँ तथा चितवनका एक÷एकवटा सुन व्यवसायीले ‘एक्स रे फ्लोरोसेन्स’ प्रयोगमा ल्याएका छन्। यस मेसिनले सुनमा अन्य धातु मिसाएको छ भने त्यसको विवरण प्रतिशतमा देखाउँछ। तर विचारणीय कुरा के छ भने यस मेसिनले देखाएको रिजल्टकै आधारमा मात्र सुनको शुद्धतालाई वैधानिक मान्न मिल्दैन। पहिलो त यस मेसिनको समय समयमा क्यालिब्रेसन गर्नुपर्छ। त्यसका लागि ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुन चाहिन्छ। क्यालिब्रेसन प्रमाणित नभएको ‘एक्स रे फ्लोरोसेन्स’बाट सुनको शुद्धता होइन, उपभोक्ता ठगिने सम्भावना रहन्छ। स्प्रिंगर प्लस नामक जर्नलले सन् २०१२ मा प्रकाशित गरेको शोधका अनुसार ग्राभिमेट्रिक विधिअनुसार ९९ दशमलव ९९ प्रतिशत सम्म सुनको शुद्धता परीक्षण गर्न सकिन्छ। नेपालमा पनि त्यस्तो किसिमको परीक्षण सुरु गरी बजारको अनुगमन गर्नुपर्छ।

सुनमा हुने मिसावट
‘वल्र्ड गोल्ड काउन्सिल’का अनुसार पहेँलो रङको ९, १०, १४ र १८ क्यारेटको सुनमा चाँदी र तामा मिसाइएको हुन्छ। सुनको क्यारेटअनुसार मिश्रित धातुको प्रतिशत फरक फरक हुन्छ। त्यस्तै दक्षिण एसियामा गहना बनाउन बढी प्रयोग हुने २२ क्यारेटको सुनमा चाँदी, तामा र जिंक (जस्ता) मिसाइएको हुन्छ। १० क्यारेटको सुनमा ४१ दशमलव ५ प्रतिशत शुद्ध सुन हुन्छ। १४ क्यारेटको सुनमा ५८ दशमलव ३ प्रतिशत, १८ क्यारेटको सुनमा ७५ प्रतिशत र २२ क्यारेटको सुनमा ९१ दशमलव ६ प्रतिशत शुद्धता हुन्छ। सुनमा चाँदी, तामा, जिंक, निकेल र प्यालाडियम जस्ता धातु मिश्रण गरेर विभिन्न रङ निकालिन्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा पहेँलोबाहेक सेतो, गुलाफी र हरियो रङका सुन पनि पाइन्छ।

सरकारले रसायनशास्त्रमा स्नातकोत्तर अध्यापन हुने विश्वविद्यालयलाई ‘हलमार्किङ सेन्टर’ का रूपमा विकास गर्न सक्छ। बजारमा सुनको शुद्वता, जर्ती र ज्यालालगायत विषयमा नियमन र नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ।

प्रायः सुन र चाँदी एउटै खनिज पदार्थबाट निकालिन्छ जसको रासायनिक गुणमा केही समानता पनि हुन्छ। त्यसैले सुन र चाँदीलाई खनिजबाट छुटाउन त्यति सहज हुँदैन। सुनमा भएको चाँदी र तामा हटाउन ‘नाइट्रिक एसिड’ प्रयोग गरिन्छ किनकि यस एसिडले सुनसँग रियाक्सन गर्दैन। बजारमा पाइने २४ क्यारेट भनिएको सुनमा नाइट्रिक एसिड’ प्रयोग गर्दा त्यसको तौल घट्छ कि घट्दैन सो जाँच गरेमा सजिलै सुनमा हुन सक्ने सम्भावित मिसावट धातु परीक्षण गर्न सकिन्छ। सुनेअनुसार चीनबाट तस्करी भई भित्रने सुनमा चाँदीको मात्रा धेरै बढी हुने र त्यसलाई छुटाउन ‘नाइट्रिक एसिड’ प्रयोग हुने गरेको छ। यसको अर्को अर्थ ‘नाइट्रिक एसिड’को व्यापारमा सरकारले नियमन गर्न आवश्यक देखिन्छ।

कमजोरी
बजारमा सुनको शुद्धतामात्र होइन, गहना खरिद बिक्री गर्दा व्यवसायीले लिने जर्ती कमिसनका कारण पनि उपभोक्ता पीडित देखिन्छन्। केही वर्षदेखि सरकारले सुनचाँदी व्यवस्थापन गर्न त्यसलाई लक्षित गरी निर्देशिका लागु गर्ने गृहकार्य गरेको थियो तर व्यवसायीको चर्को अवरोधका कारण हालसम्म उक्त निर्देशिका व्यवहारमा आउन सकेको छैन। उक्त निर्देशिकाले गहना बनाउँदा अधिकतम ५ प्रतिशतभन्दा बढी जर्ती राख्न नपाइने व्यवस्था गरेको सुनिन्छ तर व्यवसायी यो प्रावधान मान्न तयार छैनन्। साथै निर्देशिकाले गहना बनाउँदा क्याडमियम, लिड, क्रोमोनियम र मर्करी जस्ता क्यान्सर गराउन सक्ने रसायन प्रयोग गर्न वर्जित गरेको छ। अत्यन्त महँगा धातु, जस्तै– सुन, चाँदी, प्लाटिनम र प्यालाडियमको शुद्वता र गुणस्तर निर्धारण गर्न विदेशमा हलमार्किङ सेन्टर खोलिन्छ। र, त्यहाँबाट प्रमाणितलाई मात्र बजारीकरण गरिन्छ। सुन बजारलाई नियमन गर्न भारतलगायत कैयौँँ देशले ‘गोल्ड हलमार्किङ’ कानुन र निर्देशिका बनाएका छन् तर नेपालमा यसको चर्चा नै सुनिँदैन। सरकारले रसायनशास्त्रमा स्नातकोत्तर अध्यापन हुने विश्वविद्यालयलाई ‘हलमार्किङ सेन्टर’ का रूपमा विकास गर्न सक्छ। बजारमा सुनको शुद्वता, जर्ती र ज्यालालगायतका विषयमा नियमन र नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ। अध्यक्ष, नेपाल केमिकल सोसाइटी







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad