१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पनौतीका तीनवटा वडा बालमैत्री

बनेपा – पनौती नगरपालिकाका वडा नम्बर दुई र तीनलाई बालमैत्री घोषणा गरिएको छ। ‘आवश्यक विभिन्न ३९ वटा सूचक पूरा गरेकाले दुई र तीन वडालाई बालमैत्री घोषणा गरेका हौं,’ वडा नम्बर दुईका अध्यक्ष पुरुषोत्तम अधिकारीले भने। उनका अनुसार पूरै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य छ।

बालमैत्री वडा घोषणालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधिकारिकता दिए। घोषणासँगै दुवै वडाले नगरपालिकाबाट ५÷५ लाख रुपैयाँ पुरस्कार पनि पाएका छन्। यससँगै पनौतीका ३ वटा वडा पूर्ण रुपमा बालमैत्री भएका छन्। यसअघि १२ नम्बर वडा पहिलो बालमैत्री घोषणा भइसकेको छ। वडा ९ र १० लाई आगामी आर्थिक वर्ष बालमत्री घोषणा गर्ने योजना छ।  

प्रकाशित: १६ असार २०७६ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App