१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोरङमा दुई किशोरको हत्या

उर्लाबारी (मोरङ)-मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ । 

राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो । 

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए। 

घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। रासस 

प्रकाशित: १६ कार्तिक २०७३ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App