१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं – साताको पहिलो दिन नै शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार दुई सय ४४ दशमलव ८९ बिन्दुमा झरेको छ। प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर दुई सय ६९ दशमलव २४ अंककमा पुगेको छ। नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। कूल एक सय ७२ कम्पनीको २३ लाख ६१ हजार पाँच सय कित्ता शेयर ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैयाँमा खरिद बिक्री भए।

कारोबार भएका कूल ११ उपसमूहकै शेयर ओरालो लागेको छ। विशेष गरी निर्जीवन बीमा उपसमूहको शेयर आज सबैभन्दा बढी बिन्दुले घटेको हो। सो उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ। यस्तै बैंकिङ ११ दशमलव ८५, होटल ५ दशमलव २६, विकास बैंक १२ दशमलव ६९, जलविद्युत् १३ दशमलव १३, वित्त २ दशमलव ९, उतपादन ३६ दशमलव ३८, अन्य ३ दशमलव ३९, लघुवित्त १५ दशमलव ३९, जीवन बीमा ५८ दशमलव २९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ।

स्टकका अनुसार ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर  १० करोड ३८ लाख रुपैयाँ, नेपाल बैंक ६ करोड ३९ लाख पाँच हजार ९ सय ४४, शिवम् सिमेन्ट पाँच करोड ८० लाख ७१ हजार चार सय ५५, प्रभु बैंक तीन करोड ४१ लाख १३ हजार पाँच सय २०, एनसिसी बैंक तीन करोड २५ लाख ७५ हजार पाँच सय ९४, सिद्धार्थ बैंक दुई करोड ६६ लाख ७४ हजार सात सय आठ र हिमालयन डिस्टिलरीको शेयर दुई करोड ६० लाख चार हजार सात सय ३० मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ७१ प्रतिशतले कमाए। मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच दशमलव शून्य चार, अरुण काबेली पावर ३ दशमलव २८, सिभिल लघुवित्त वित्तीय संस्था २ दशमलव १९ र युनिलिभर नेपालका शेयरधनीले २ प्रतिशतले कमाए।

त्यस्तै रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीले ६ दशमलव ९५ गुमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ५ दशमलव ९२, शिवम् सिमेन्ट ४ दशमलव ३४, सिन्धु विकास बैंक ४ दशमलव २५, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव १९ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाए। रासस

प्रकाशित: १५ असार २०७६ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App