१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय फिल्म अवार्ड कार्यक्रममा आर्थिक सहायता गराउने निर्णयप्रति रावलकाे आपत्ति

फाइल फाेटाे

काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क गरे। आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताए।

सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेको थियो। त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दाबी गर्दै नेता रावलले असन्तुष्टि जनाएका हुन्। उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्व बजेट दिन जायज नहुने पनि बताए।

नेता रावलले मन्त्रीपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराए। सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको आरोप छ।

प्रकाशित: १५ असार २०७६ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App