पोषणको अभावले डिप्रेसन

आइतबार, १५ असार २०७६, १३ : २५ नागरिक

गोपाल ढकाल
मनोविद्

‘आहारा नै औषधि हुनुपर्छ र औषधि नै आहारा हुनुपर्छ’, हिपपोक्रेटसको भनाइ छ। प्रोटिन, भिटामिन, बोसो कार्बोहाइड्रेड, खनिज पदार्थ, पानीजस्ता तत्त्व व्यक्तिको शरीरलाई अत्यावश्यक हुन्छ। व्यक्तिले जस्तो खाना खायो मन पनि त्यस्तै किसिमको हुन्छ। विचार तथा भावना पनि खाना अनुसारकै हुन्छ।
मानसिक स्वास्थ्यमा पनि खानाको महत्त्वपूर्ण भूमिका हुन्छ। सन्तुलित खानपानले व्यक्ति शारीरिक मात्रै हैन मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ।

खानपानले तनाव
डिप्रेसन, सिजोफेनिया, डिमेन्सिया, अल्जाइमर, हाइपर एक्टिभिटी डिसअर्डरजस्ता मानसिक रोग असन्तुलित खानपानको कारणले हुने जोखिम हुन्छ। खानपान नमिल्दा व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन्छ। सही खानपानले हाम्रो मन (मुड) र विचार सकारात्मक हुन्छ। राम्रो हुन्छ। सन्तुलित तथा पोषणयुक्त खानपानले निद्रामा समेत सकारात्मक प्रभाव पर्छ। सन्तुलित खाना खाए आनन्दले निद्रा लाग्छ। अव्यवस्थित तथा असन्तुलित र कम पोषणयुक्त खानाले निद्रामा गडबढी हुन्छ। अनिद्राका कारण व्यक्तिमा डिप्रेसन, एन्जाइटीजस्ता मानसिक रोग लाग्ने जोखिम हुन्छ।

पोषणयुक्त तथा सन्तुलित खानाले शारीरिक शक्ति त बढाउँछ नै मानसिक रुपमा स्वस्थ हुन सहयोग पुग्छ।  बिग्रेका कोषिका पुनः उत्पादन, व्यवस्थापन (मेन्टेन र रिपियर) हुन्छ। शरीरको वृद्धिविकास हुन्छ। मानसिक रुपमा सन्तुष्टि हुन्छ।

खानपान स्वादको हिसाबले भन्दा पनि शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गरेर खानु उपयुक्त हुन्छ।  पौष्टिक तत्त्वयुक्त खानपानले व्यक्तिलाई स्वस्थ राख्छ।

यसैगरी मानसिक स्वास्थ्यका लागि केही पोषण तत्त्वको अति आवश्यक हुन्छ। यस्ता खाद्यपदार्थ तथा पोषण तत्त्व छन्, जुन मानसिक स्वास्थ्यका लागि उपयोगी हुन्छन्।

ओमेगा–३ फ्याटि एसिड
‘ओमेगा–३ फ्याटि एसिड’ विशेषगरी साल्मण्ड माछामा पाइन्छ। आलसको तेल, अचार, सोयाबिन (सनफ्लावर), मेवा, ओखरजस्ता खाद्यवस्तुमा ‘ओमेगा–३’ पाइन्छ। जुन खाद्यवस्तु नियमित खानाले डिप्रेसनलगायत मानसिक रोगबाट बच्न सकिन्छ। एक अध्ययनअनुसार ‘ओमेगा–३’ को कमी भएका व्यक्तिमा डिप्रेसनको समस्या भएको पाइयो। ‘ओमेगा–३’ ले  सेरोटोनिन मस्तिष्क रसायन उत्पादनमा सहयोग गर्छ। जसले डिप्रेसन हुने जोखिमबाट व्यक्तिलाई बचाउँछ।

खनिज तत्त्व (मिनरल्सः
खनिज तत्त्वमा पाइने म्याग्नेसियम, जिंक, आयोडिन, आइरनजस्ता पदार्थ मानसिक स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ।

म्याग्नेसियमको कमीले व्यक्तिको सम्झने क्षमतामा र मस्तिष्कको कार्यक्षमतामा कमी आउँछ। म्याग्नेसियमको कमीले गर्दा डिप्रेसन, चिन्ताजस्ता समस्या देखिन्छ। सुकेका स्याउ, आँपजस्ता ड्राइफुड्समा म्याग्नेसियम पाइन्छ। काजु, बदाम आदिमा म्याग्नेसियम तत्त्व पाइने भएकाले सन्तुलित रुपमा यस्ता खाद्यवस्तु खानाले व्यक्तिले डिप्रेसनको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

जिंक व्यक्तिलाई शारीरिक मात्रै हैन मानसिक स्वस्थ राख्ने अर्को तत्त्व हो। जिंकले व्यक्तिको मन (मुड) र विचार सही राखी डर, चिन्ता तथा नैराश्यताबाट मुक्ति दिलाउन सहयोग गर्छ। फर्सी, नट्स, राजमा, दाल, बदाम, मटरजस्ता खाद्यवस्तुमा जिंक तत्त्व पाइन्छ। यी खाद्यवस्तु सन्तुलित रुपमा खानाले मस्तिष्क रसायनको उत्पादनमा सहयोग गर्ने भएकाले मानिस स्वस्थ रहन सहयोग गर्छ।

शरीरमा आयोडिनको कमीका कारण व्यक्तिको मस्तिष्कले सही रुपमा काम गर्न सक्दैन। आयोडिनको कमीले थाइरोइडलगायत शारीरिक रोगको जोखिम हुन्छ। थाइरोइडको समस्या हुँदा थाइरोइड ग्रन्थिको समस्याले डिप्रेसन, एन्जाइटीजस्ता मानसिक रोग लाग्ने जोखिम हुन्छ। त्यसैले आयोडिनयुक्त नुन खानु पर्छ। यो तत्त्व मस्तिष्कका लागि जरुरी छ। आयोडिनलाई आधुनिक ‘भिटामिन–डी’ पनि भनिन्छ। नुन, दूध, दही, अण्डालगायतमा पाइन्छ।

आइरनको कमी हुँदा डिप्रेसन, थकान लाग्ने, चिटचिटाहट हुनेजस्ता मानसिक समस्या देखा पर्छन्। केरा, अण्डा, सेतो सिमी, मासु, कोदो, कलेजो, गेडागुडीलगायतका खाद्यपदार्थमा आइरन पाइन्छ। सन्तुलित रुपमा यस्ता खाद्यपदार्थ खानाले मानसिक समस्या हुनबाट बच्न सकिन्छ।

भिटामिन
भिटामिन शारीरिक तथा मानसिक स्वस्थ रहन आवश्यक तत्व हो।

मानसिक स्वास्थ्यका लागि ‘भिटामिन– बी’ कम्प्लेसको त्यत्तिकै आवश्यक हुन्छ। ‘भिटामिन–बी’ कम्प्लेक्समध्ये विशेषगरी ‘भिटामिन बी–वान’, ‘बी– सिक्स’, ‘बी– नाएन’, र ‘भिटामिन बी– टुवेल’ मानसिक स्वास्थ्यका लागि अति आवश्यक हुन्छ। यस्ता भिटामिनको कमीका कारण डिमेन्सिया, एन्जाइटीजस्ता मानसिक समस्याको जोखिम हुन्छ। ‘भिटामिन बी’ कम्प्लेक्सअन्तर्गतका यस्ता भिटामिनले मस्तिष्कका कोषिकालाई सुक्नबाट जोगाउँछ। यस्ता भिटामिनले मस्तिष्कको कामलाई सन्तुलित र स्वस्थ राख्न सहयोग गर्छ। जसले मानसिक रोग लाग्ने जोखिमबाट बच्न सकिन्छ।

माछा, मासु, अण्डा, चिज, दूध, दही, पालकजस्ता खाद्य तत्वमा ‘भिटामिन बी’ पाइन्छ। माछालाई ब्रेन फुड पनि भनिन्छ। किनकि सन्तुलित रुपमा माछा खानाले मस्तिष्क स्वस्थ हुन सहयोग पुग्छ। विभिन्न किसिमका भिटामिन बी ले सेरोटोनिन, नरइपिनेफ्रिन, अक्सिटोसिन, डोपामिन खुसिदिने मस्तिष्क रसायन उत्पादन गर्न सहयोग गर्छ। जसको अभावमा मानसिक सन्तुलनमा समस्या उत्पन्न हुन्छ।

‘भिटामिन–सी’ ले मस्तिष्क स्वस्थ राख्छ। ‘भिटामिन–सी’ ले तनावसँग लड्ने एड्रिनेल नामक हर्मन उत्पादन गरेर व्यक्तिलाई तनावबाट बच्न सहयोग गर्छ। डिप्रेसनबाट बचाउँछ। कागती, मेवा, भुइँकटहर, इस्टब्रेरी, ब्रो काउली, भेँडे खुर्सानी, किवी, अमलाजस्ता फलफूलमा ‘भिटामिन–सी’ पाइन्छ।

मस्तिष्कको विकासका लागि ‘भिटामिन–डी’ त्यत्तिकै अत्यावश्यक हुन्छ। ‘भिटामिन–डी’ को कमीले डिप्रेसन, सिजोफेनिया, डिमेन्सियालगायतका मानसिक रोगको जोखिम हुन्छ। सूर्यको प्रकाश ‘भिटामिन–डी’ को उत्तम स्रोत हो। त्यसैले कम्तीमा आधा घण्टा व्यक्ति दिउँसोको घाममा बस्नाले मानसिक रोगबाट बच्न सकिन्छ। अफिसभित्र बसेर काम गर्ने व्यक्ति दैनिक कम्तीमा आधाघण्टा घाममा बस्नु पर्छ। माछा, अण्डालगायतका खाद्यतत्त्वमा ‘भिटामिन–डी’ पाइन्छ।

एन्टी अक्सिडेन्ट
‘एन्टी अक्सिडेन्ट’ पोषण तत्त्वले फ्रि रेडिकलबाट शरीरलाई बचाउन मद्दत गर्छ। एन्टि अक्सिडेन्टले हाम्रो मन (मुड) र विचार लाई राम्रो बनाउँछ। मस्तिष्क स्वस्थ हुन्छ।

गाजर, मटर, आँप, अंगुर, प्याजजस्ता फलफूल तथा हरियो सागसब्जीमा ‘एन्टि अक्सिडेन्ट’ तत्त्व पाइन्छ। हब्स, ग्रिन टी, ब्ल्याक टीमा यो तत्त्व पाइन्छ। ग्रिन टीमा पाइने ‘थेनाइन’ जस्तो तत्त्वले मस्तिष्क शान्त बनाएर कुनै कुरामा ध्यान केन्द्रिकृत गर्न मद्दत गर्छ।

मानसिक रुपमा स्वस्थ रहनका लागि ‘एमिनो एसिड’ को त्यत्तिकै ठूलो भूमिका हुन्छ। एमिनो एसिड तत्त्वले प्रोटिनको उत्पादनमा मद्दत गर्छ। प्रोटिन मस्तिष्क तथा शरीरको विकासका लागि अति जरुरी हुन्छ। अण्डा, सि फुड्स, नट्स (गेडागुडी) जस्ता खाद्यतत्त्वमा ‘एमिनो एसिड’ पाइन्छ। मस्तिष्कको निर्माणमा पोषणको भूमिका महत्त्वपूर्ण हुन्छ। ‘एमिनो एसिड’ले मस्तिष्क रसायनको उत्पादन गर्छ।

माइक्रो बायोटिक्स
‘माइक्रो बायोटिक्स’ तत्त्वले मन खुसी राख्न सहयोग गर्छ। हाम्रो पूर्वीय समाजमा साइत गरेर कतै हिँड्नुपर्दा सगुनका रुपमा दही खाइन्छ। दहीमा पाइने माइक्रो बायोटिक्स तत्त्वले मन खुसी हुन्छ। तनाव, चिन्ता कम गर्छ। त्यसैले साइत गरेर हिँड्ने समयमा सगुनको रुपमा दही खाने चलन वैज्ञानिक देखिन्छ।

मस्तिष्कअनुसारको खाना
पोषण तत्त्वको अभावमा व्यक्तिलाई चाँडै रिस उठ्ने, झर्को लाग्ने, मुड तलमाथि हुनेलगायतका मानसिक लक्षण तथा समस्या देखा पर्छन्। चिल्लो तथा प्रशोधित खानाले डिप्रेसनको जोखिम हुनुका साथै मस्तिष्कका लागि खराबी हुन्छ। सन्तुलित भोजनले शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन सहयोग गर्छ।

रक्सी, कफी, चिनीको अत्यधिक सेवनले मस्तिष्क रसायन उत्पादनमा वृद्धि गरी उत्तेजित बनाउँछ। पटक–पटक मस्तिष्क उत्तेजित हुन्छ। मस्तिष्कमा क्षति पुगी मानसिक असन्तुलन तथा समस्या हुन्छ।
शरीरमा गुलियो पदार्थ तथा पोषण तत्त्वको कमी भएमा थकान लाग्ने, निद्रा नआउने, फ्रि रेडिकलको उत्पादन बढ्ने जोखिम हुन्छ। फ्रि रेडिकलले मस्तिष्कका कोषिकालाई हानि पु¥याउँछ। त्यसैले सन्तुलित रुपमा गुलियो पदार्थ तथा पोषण तत्त्व खानु पर्छ।

व्यक्तिको जस्तो मानसिक अवस्था मन (मुड) र विचार हुन्छ, त्यस्तै खानपानको छनोट गरिन्छ। मन (मुड) र विचार नकारात्मक हुँदा धेरै गुलियो, आइस्क्रिम, चकलेट, नुनिलो चटपटे, अमिलो, चिल्लो, बोसोयुक्त खाने कुराको छनोट गरिन्छ भने मन (मुड) र विचार सकारात्मक हुँदा फलफूल, हरियो सागसब्जी छनोट गरिन्छ। मन (मुड) र विचारअनुसारको खाना शरीर तथा मनले स्वचालित (अटोमेटिक) तथा प्राकृतिक रुपमा खोज्छ।
प्रस्तुतिः उपेन्द्र खड्का







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad