१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई घरेलु मैदानको फाइदा

इबर्मिङ्घम, (एजेन्सी)– इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको एक मात्र अपराजित टोली भारत आइतबार आयोजकलाई हराउँदै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ। आयोजक इङ्ल्यान्ड भने घरेलु दर्शकको समर्थनको भरपूर सदुपयोग गर्ने लक्ष्यमा हुनेछ। इङ्ल्यान्ड भारतको विजययात्रालाई पूर्णविराम लगाउँदै सेमिफाइलन सम्भावनालाई कायम राख्न चाहन्छ।

अपराजित प्रतिद्वन्द्वी भारतविरुद्ध जित निकाल्न आयोजक टोलीलाई आइतबारको खेल निकै महŒवपूर्ण छ। सुखद नतिजा निकाल्न सके इङ्ल्यान्डको अघिल्लो चरण यात्रा सम्भावना हुनेछ भने पराजयले अन्तिम चारको स्थान कठोर हुनेछ। त्यसैले आयोजक इङ्ल्यान्ड घरेलु दर्शकको साथमा उच्च मनोबल लिएर मैदान उत्रिनेछ। यद्यपि जारी प्रतियोगिताको अपराजित टोलीलाई हराउन घरेलु टोलीले विगतका खेलमा खेलेको भन्दा उत्कृष्ट खेल्नुपर्नेछ। बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्षमा बलियो देखिएको भारतविरुद्ध आयोजक हाबी हुन जरुरी छ। नत्र आयोजकको अघिल्लो चरणको यात्रा कठिन हुनेछ।

अपराजित टोली भारतलाई रोक्नु इङ्ल्यान्डलाई त्यति हसज छैन। लोकेश राहुल, रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी, हार्दिक पाड्याजस्ता ब्याट्सम्यानले अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्दा भारतको अपराजित यात्रा सम्भव भएको छ। रोहित शर्मा जारी विश्वकपमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडीको सूचीमा छन्। यसको मतलब उनी जारी विश्वकपमा निकै लयमा छन्। उनलाई रोक्नु इङ्लिस टोलीका लागि निकै चुनौतीपूर्ण हुनेछ। यस्तै ओपनर शिखर धवनको स्थानमा ब्याटिङ गर्ने लोकेशले पनि जिम्मेवार इनिङ खेल्दै टोलीको सुखद सुरुआतमा टेवा पु¥याउँदै आएका छन्। यता सदाबहार ब्याट्सम्यान कप्तान विराट कोहलीले प्रायः खेलमा अर्धशतकीय इनिङ खेल्दै टोलीको जितमा योगदान गर्न सफल भएका छन्। अर्का ब्याट्सम्यान महेन्द्र्रसिंह धोनी पनि कठिन अवस्थामा भारतको इनिङलाई सम्हाल्ने जिम्मेवार ब्याट्सम्यान हुन्।  अनुभवी तथा पूर्वकप्तानसमेत रहेका खेलाडी धोनीको चतुर ब्याटिङलाई रोक्नुको विकल्प इङ्ल्यान्डसँग छैन। यद्यपि भारतको मध्यक्रमको ब्याटिङ लाइन भने निकै फितलो देखिएको छ।

ब्याट्सम्यानको प्रदर्शनभन्दा पनि बलिङ पक्षमा मजबुत रहेको भारतलाई इङ्ल्यान्डका बलर सामना गर्नु चिन्ताको विषय हुनेछ। जारी प्रतियोगिताका सबैभन्दा धेरै विकेट लिने सूचीको तेस्रो नम्बरमा रहेका इङ्ल्यान्डका जोफ्रा आर्चरको बलिङ चुनौती सामना गर्नुपर्नेछ। जोफ्राले १६ विकेट लिएका छन्। जोफ्राका अलावा मार्क उड, अदिल रासिद, अलराउन्डर क्रिस ओक्स पनि जारी प्रतियोगिताका सफल बलर हुन्।

जारी प्रतियोगितामा दुवै टोलीका शीर्ष क्रमका ब्याट्सम्यानका साथै तीव्र गतिका बलरसमेत उच्च लयमा छन्। त्यसैले यी दुई टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेमा दुविधा छैन। जारी प्रतियोगितगामा ११ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको भारतले सम्पन्न ६ खेलमध्ये ५ खेलमा जित निकाल्न सफल भएको छ। न्युजिल्यान्डसँगको एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो।

यता इङ्ल्यान्ड टोली पनि जारी प्रतियोगितामा उत्कृष्ट लयमा छ। सुरुआती खेलहरूमा ओपनर जोनी बेयरस्टो र जसन रोयको जोडीले उत्कृष्ट प्रदर्शन गरेको थियो। मध्यक्रममा जो रुट, जस बट्लर र बेन स्टोक्सको उत्कृष्ट खेलको मद्दतमा सुखद नतिजा निकाल्न सफल भएको थियो। इङ्ल्यान्डको मुख्य चुनौती भनेको जसप्रीत बुमराह, युजभेन्द्र चाहल, मोहमद सामीजस्ता भारतीय बलरको बलिङ आक्रमण निक्र्योल गर्नुपर्नेछ। दुई खेल मात्र बाँकी रहेको अवस्थामा इङ्ल्यान्ड ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ। इङ्ल्यान्डले सम्पन्न खेलमा ४ जित निकाल्दा ३ खेलमा पराजय भोगेको छ।

क्रिकेटको जननी इङ्ल्यान्डले क्रिकेटको बादशाह भन्न रुचाउने भारतविरुद्ध एकदिवसीय विश्वकप इतिहासमा ७ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुवैले समान तीनपल्ट नतिजा आफ्नो पोल्टमा पारेका छन् भने एक खेल बराबरी भएको छ।

 

प्रकाशित: १५ असार २०७६ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App