१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नासपतिकाे बिरूवा राेपेर प्रधानमन्त्रीले गरे वृक्षारोपणको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा शनिबार कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भपछि बिरुवामा पानी सिन्चन गर्दै । तस्बिरः रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षारोपणकाे शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपतिकाे बिरुवा राेपेर वृक्षारोपणको शुभारम्भ गरे । वृक्षारोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षारोपण गरेका थिए ।

चालू आर्थिक वर्ष २०७५–७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँठाउँमा १० प्रकारका दुई हजार सात बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आर्थिक वर्षमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ । रासस

प्रकाशित: १४ असार २०७६ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App