१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वर्षाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु

काठमाडाैँ -  भारतमा  पर्खाल भत्किँदा  कम्तिमा १४ जनाको मृत्यु भएको छ। महाराष्ट्र प्रान्तको पुणेमा पर्खाल भत्किँदा उनीहरूकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पर्खालले सँगै जोडिएर रहेका घर पुरिँदा ठूलो क्षति भएको भने कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएका छन्। ६० फिट अग्लो पर्खाल लगातारको वर्षाका कारण भत्किएको हो। घटनामा घाइते भएकाहरुको संख्या यकिन नभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

 

प्रकाशित: १४ असार २०७६ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App