१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चालकको लापरवाहीले जमलमा कार दुर्घटना

काठमाडौं -  काठमाडौंको जमलमा चालकको लापारवाही कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा भएको महानगरीय ट्राफिक प्रहरीको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । तर मानवीय क्षति भने भएको छैन । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् ।

श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा ठोक्किएको थियो। दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।

प्रकाशित: १४ असार २०७६ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App