१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इङल्याण्डमाथि बंगलादेशको इतिहासमै पहिलो जित

ढाका–आयोजक बंगलादेशले टेस्ट इतिहासमै पहिलो पल्ट इङल्याण्डमाथि जित हात पारेको छ।

ढाकामा जारी दोस्रो टेस्टको तेस्रो दिन नै बंगलादेशले इङल्याण्डमाथि  १ सय ८ रनको जित निकालेको हो। बंगलादेशले दिएको २ सय ७३ रनको लक्ष्यका साथ मैदानमा उत्रीएका इङल्याण्डले तेस्रो दिन मात्र ६४ रन जोड्दा आफ्नौ सबै विकेट गुमायो। विना विकेट १ सय १० रनबाट खेल सुरु गरेको इङल्याण्डले आफ्नो खातामा ६४ रनमात्र जोड्न सकेपछि बंगलादेश १ सय ८ रनले विजयी भएको हो।

बंगलादेशलाई पहिलो जित दिलनउने क्रममा दोस्रो पारिमा उसका मेहेदी हसनले ७७ रन खर्चेर ६ तथा शकिब अल हसनले ४९ रन खर्चेर  ४ विकेट लिएका थिए।दोस्रो पारिमा  इङल्याण्डका कप्तान एलिस्टर कुकले ५९ तथा बेन डुकेटिले ५६ रनको योगदान गरेका थिए ।

 यसअघि बंगलादेशले पहिलो पारिमा २ रय २० तथा दोस्रो पारिमा २ सय ९६ रन बनाएको थियो । यता इङल्याण्डले भने पहिलो पारिमा २ सय ४४ तथा दोस्रो पारिमा मात्र १ सय ६४ रन जोड्न सक्यो ।

यस जितसंगै बंगलादेश र इङल्याण्डबिचको २ टेस्टको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
 

प्रकाशित: १५ कार्तिक २०७३ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App